वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एलआईसी नेपालद्वारा एजीएम आह्वान

अर्थलगानी
२०८० असार २६, मंगलवार

काठमाडौँ। लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपाल लिमिटेडले आफ्नो २० औँ वार्षिक साधारणसभा (एजीएम) आह्वान गरेको छ।

एलआईसी नेपाल सञ्चालक समितिको आउँदो साउन १७ गते वार्षिक साधारणसभा डोकेको हो। सभा काठमाण्डौको नक्सालस्थित भगवती बहालमा रहेको लिसारा रिसेप्सनमा अपराह्न ३ बजेदेखि सुरु हुनेछ।

सभाले कम्पनीको हालय कायम पुँजी संरचनामा संस्थापक र साधारण सेयरको ७०ः३० अनुपातलाई परिवर्तन गरी ६५ः३५ प्रतिशत कायम गर्न संस्थापक सेयरलाई साधारणसभा सेयरमा परिणत गर्ने र सोहीअनुसार प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न नियमनकारी निकायहरुसँग आवश्यक सुझाव र निर्देशन दिएमा सोहीअनुरुप आवश्यक समायोजन गर्न सञ्चालक समितिलाई अधिकार प्रत्योजन गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

सभाले संस्थापक सेयरधनीका तर्फबाट नियुक्त सञ्चालकहरुको नियुक्तिलाई पारित गर्नेछ।

सभाले आर्थिक वर्ष २०७७–७८को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपाल लिमिटेडले आफ्नो २० औँ वार्षिक साधारणसभा (एजीएम) आह्वान गरेको छ। एलआईसी नेपाल सञ्चालक समितिको आउँदो साउन १७ गते वार्षिक साधारणसभा डोकेको हो। सभा काठमाण्डौको नक्सालस्थित भगवती बहालमा रहेको लिसारा रिसेप्सनमा अपराह्न ३ बजेदेखि सुरु हुनेछ। सभाले कम्पनीको हालय कायम पुँजी संरचनामा संस्थापक र साधारण सेयरको ७०ः३० अनुपातलाई परिवर्तन गरी ६५ः३५ प्रतिशत कायम गर्न संस्थापक सेयरलाई साधारणसभा सेयरमा परिणत गर्ने र सोहीअनुसार प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न नियमनकारी निकायहरुसँग आवश्यक सुझाव र निर्देशन दिएमा सोहीअनुरुप आवश्यक समायोजन गर्न सञ्चालक समितिलाई अधिकार प्रत्योजन गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। सभाले संस्थापक सेयरधनीका तर्फबाट नियुक्त सञ्चालकहरुको नियुक्तिलाई पारित गर्नेछ। सभाले आर्थिक वर्ष २०७७–७८को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ।