वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

यी दुई लघुवित्तको मर्जरपश्चात असार ३० गतेबाट एकीकृत कारोबार हुँदै

अर्थलगानी
२०८० असार २७, बुधबार

काठमाडौँ। नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र समीट लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिएसँगै असार ३० गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन।

धादिङ्ग जिल्लाको धादिङ्गवेशी स्थित केन्द्रीय कार्यालय रहेको नेपाल राष्ट्र बैंकबाट‘घ’ बर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका वडा नं. १० स्थित केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको समीट लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरेको हो।

नेशनल माइक्रोफाइनान्सले समीट लघुवित्त वित्तीयका दिन सम्म कायम रहेको सम्पूर्ण सम्पत्ती, दायित्व तथा अन्य सम्भावित दायित्वहरु व्यहोर्ने तथा सकार्ने गरी मिति असार ३० गतेबाट संयुक्त कारोबार सुरु हुने भएको छ।

एकिकृत कारोबार प्रयोजनका लागि असार २९ गते शुक्रबार १ दिनको लागि संस्थाको सम्पूर्ण बैकिङ्ग सेवाहरु बन्द रहने छन। मर्जर पश्चात नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको रजिष्टर्ड (केन्द्रीय) कार्यालय बागमती प्रदेश, काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका वडा नं. १० मा कायम रहने छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र समीट लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिएसँगै असार ३० गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन। धादिङ्ग जिल्लाको धादिङ्गवेशी स्थित केन्द्रीय कार्यालय रहेको नेपाल राष्ट्र बैंकबाट‘घ’ बर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका वडा नं. १० स्थित केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको समीट लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरेको हो। नेशनल माइक्रोफाइनान्सले समीट लघुवित्त वित्तीयका दिन सम्म कायम रहेको सम्पूर्ण सम्पत्ती, दायित्व तथा अन्य सम्भावित दायित्वहरु व्यहोर्ने तथा सकार्ने गरी मिति असार ३० गतेबाट संयुक्त कारोबार सुरु हुने भएको छ। एकिकृत कारोबार प्रयोजनका लागि असार २९ गते शुक्रबार १ दिनको लागि संस्थाको सम्पूर्ण बैकिङ्ग सेवाहरु बन्द रहने छन। मर्जर पश्चात नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको रजिष्टर्ड (केन्द्रीय) कार्यालय बागमती प्रदेश, काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका वडा नं. १० मा कायम रहने छ।