काठमाडौँ। एनएलजी इन्स्योरेन्सले विशेष साधारणसभा बोलाएको छ। कम्पनीले साउन १५ गते सोमबार हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गर्ने मुख्य एजेण्डासहित साधारणसभा तय गरेको हो। कम्पनीले हाल कायम चुक्ता पुंजीको ६६ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको जनाएको छ।
कम्पनीले विशेष साधारणसभा प्रयोजनको लागि साउन ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । साउन ७ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्ने छन् ।
यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरुः
–कम्पनीको हालको जारी तथा चूक्ता पूँजी रु१,४५,९२,७५,७९०/५० बाट बृद्धि गरी रु. २,४२,२३,९७,८१२/२३ पुऱ्याउने सम्बन्धमा ।
–कम्पनीको हाल कायम रहेको चूक्ता पूँजी रु. १,४५,९२,७५,७९०/५० को १० शेयर बराबर ६.६ शेयर (६६ प्रतिशत) को अनुपातले हकप्रद शेयर जारी गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने ।
–हकप्रद शेयर जारी पश्चात कम्पनीको जारी तथा चूक्ता पूंजी बृद्धि भई रु. २,४२,२३,९७,८१२/२३ पुग्ने हुँदा सोही अनुसार जारी तथा चूक्ता पूँजी प्रबन्धपत्रको दफा ५ (ख) (ग) (घ) तथा नियमावलीमा नियम ५ (ख) (ग) (घ) मा संशोधन गर्ने प्रस्ताव स्विकृत गर्ने सम्बन्धमा ।
–प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा सम्बन्धित निकायको निर्देशन अनुसार आवश्यक फेरबदल गर्नुपर्ने भएमा सञ्चालक समितिलाई अख्तियारी दिने ।
प्रतिक्रिया