काठमाडौँ। बरुण हाईड्रोपावर कम्पनी लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ। कम्पनीले साउन १४ गते सभा आह्वान गरेको हो। सभाले हकप्रद निष्काशन लगायतका प्रस्तावहरु पारित गर्ने छ।
छलफलका लागि प्रस्तावित विषयहरु
–कम्पनीको साधारण सभामा पेश गर्न विद्युत नियमन आयोगबाट प्रस्ताव स्विकृत भए बमोजिम कम्पनीको हाल कायम चुक्ता पुँजी रु.५३ करोड ५८ लाख १५ हजारको १ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने सम्बन्धि विशेष प्रस्ताव पारित गर्ने
–कम्पनीको ठेगाना परिवर्तन गर्न र पूँजी वृद्धि गर्न प्रवन्ध पत्र, नियमावलीमा आवश्यक संशोधन गर्ने
–कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने सम्बन्धि प्रस्ताव पारित गर्ने र प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै फेर बदल वा सुझाव आएमा आवश्यक संशोधनका लागि संचालक समितिलाई अख्तियारी दिने
सभा प्रयोजनका लागि कम्पनीले साउन ५ गते शुक्रबारका दिन शेयर दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको छ।
प्रतिक्रिया