वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

धुलिखेलमा ‘प्याराग्लाइडिङ’ सुरु, ३७ लाखको बिमा

अर्थलगानी
२०८० असार ३१, आईतवार

काठमाडौँ। काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ स्थित देविस्थानडाँडाबाट सञ्चालन हुने गरि प्याराग्लाइडिङ उडान सुरु भएको छ। विश्वबजार प्याराग्लाइडिङ प्रालिले असार ३० गते व्यावसायिक रूपमा उठान सञ्चालन गरेको हो।

उक्त व्यावसायिकरूपमा प्याराग्लाइडिङ उडानको शनिबार पूर्वमन्त्री एवं सांसद गोकुलप्रसाद बाँस्कोटाले शनिबार शुभारम्भ गरेका हुन। उनले साहसिक खेल एवं पर्यटकीय मनोरञ्जनसमेत प्राप्त हुने प्याराग्लाइडिङको शुभारम्भले सङ्घीय राजधानीसँग जोडिएको काभ्रेको विकास र समृद्धिमा थप योगदान पुग्ने बताए।

प्रालिका अध्यक्ष किरण कार्कीले उद्घाट कार्याक्रममा बोल्दै निकै पटकको परीक्षणपछि औपचारिक उडान सुरु गरिएको बताए। औपचारीक रुपमा सञ्चालनमा आईसकेपछि आवश्यकता र मौसमका आधारमा प्याराग्लाइडिङ नियमित रुपमा सञ्चालन हुने जानकारी गराए।

यस प्याराग्लाईडिङमा एकैपटकमा छ वटा उडान भर्न सकिन्छ। तोकिएको दूरीमा ३० मिनेट अवधिको उडान हुने जनाइएको छ । एक पटकको उडानवापत तिरिएको रु सात हजारमा रु ३७ लाखको दुर्घटना बीमाको व्यवस्था गरिएको उनले बताए।

यस प्याराग्लाईडिङमा करिब डेढ किलोमिटर दूरी तथा पाँच हजार पाँच सय फिट उचाइमा उड्न सकिन्छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ स्थित देविस्थानडाँडाबाट सञ्चालन हुने गरि प्याराग्लाइडिङ उडान सुरु भएको छ। विश्वबजार प्याराग्लाइडिङ प्रालिले असार ३० गते व्यावसायिक रूपमा उठान सञ्चालन गरेको हो। उक्त व्यावसायिकरूपमा प्याराग्लाइडिङ उडानको शनिबार पूर्वमन्त्री एवं सांसद गोकुलप्रसाद बाँस्कोटाले शनिबार शुभारम्भ गरेका हुन। उनले साहसिक खेल एवं पर्यटकीय मनोरञ्जनसमेत प्राप्त हुने प्याराग्लाइडिङको शुभारम्भले सङ्घीय राजधानीसँग जोडिएको काभ्रेको विकास र समृद्धिमा थप योगदान पुग्ने बताए। प्रालिका अध्यक्ष किरण कार्कीले उद्घाट कार्याक्रममा बोल्दै निकै पटकको परीक्षणपछि औपचारिक उडान सुरु गरिएको बताए। औपचारीक रुपमा सञ्चालनमा आईसकेपछि आवश्यकता र मौसमका आधारमा प्याराग्लाइडिङ नियमित रुपमा सञ्चालन हुने जानकारी गराए। यस प्याराग्लाईडिङमा एकैपटकमा छ वटा उडान भर्न सकिन्छ। तोकिएको दूरीमा ३० मिनेट अवधिको उडान हुने जनाइएको छ । एक पटकको उडानवापत तिरिएको रु सात हजारमा रु ३७ लाखको दुर्घटना बीमाको व्यवस्था गरिएको उनले बताए। यस प्याराग्लाईडिङमा करिब डेढ किलोमिटर दूरी तथा पाँच हजार पाँच सय फिट उचाइमा उड्न सकिन्छ।