वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रभु महालक्ष्मी लाइफको एकिकृत कारोबार सुरु

अर्थलगानी
२०८० श्रावण ३, बुधबार

काठमाडौँ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको एकिकृत कारोबारको सुरु भएको छ। कम्पनीले नयाँ स्थान्तरित केन्द्रिय कार्यालय भवनमा एकिकृत कारोबारको शुभारम्भ गरेका हुन् । नेपाल बीमा प्रधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेलको उपस्थितिमा संयुक्त कारोबार सुभारम्भ भएको हो।

नेपाल बीमा प्रधिकरणले जीवन बीमा कम्पनीको चुक्ता पुँजी रु.५०० करोड पुर्‍याउने निर्देशन जारी गरेपछि २०७९ आषाढ ३० गते साविक प्रभु लाईफ इन्स्योरेन्स र महालक्ष्मी लाईफ इन्स्योरेन्स लि. बीच मर्जरको लागि सम्झौता भएको थियो। २०८० जेष्ठ २६ गते साधारण सभाबाट एकिकृत कारोबारको निर्णय भएपछि नेपाल बीमा प्राधिकरण, कम्पनी रजिष्ट्रार कार्यालय र नेपाल धितोपत्र वोर्डबाट स्वीकृति लिएर आज मर्जर कार्य सम्पन्न भएको हो ।

एकिकृत कारोबारको शुभारम्भ गर्दै प्राधिकरणका निर्देशक राजु रमण पौडेलले लामो समयको समस्या झेलेर पनि मर्जर कार्य सम्पन्न गरेकोमा शुभकामना दिए । उनले कम्पनीले जनताको चाहना अनुसार नयाँ नयाँ बीमा पोलिसी ल्याएर स्वस्थ प्रतिस्पर्धाको बीच कारोबार गर्ने आशा व्यक्त गरे।

प्रभु महालक्ष्मी लाइफको नवगठित संचालक समितिको जेष्ठ सदस्य उमेशलाल श्रेष्ठले कार्यक्रमको सभापतित्व गरेका थिए। कार्यक्रममा संचालक शंकर गौतमले स्वागत मन्तव्य दिँदै अनुभवि र युवा टिम पाएको कम्पनीले भविश्यमा राम्रो व्यवसाय र प्रतिफल दिने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको एकिकृत कारोबारको सुरु भएको छ। कम्पनीले नयाँ स्थान्तरित केन्द्रिय कार्यालय भवनमा एकिकृत कारोबारको शुभारम्भ गरेका हुन् । नेपाल बीमा प्रधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेलको उपस्थितिमा संयुक्त कारोबार सुभारम्भ भएको हो। नेपाल बीमा प्रधिकरणले जीवन बीमा कम्पनीको चुक्ता पुँजी रु.५०० करोड पुर्‍याउने निर्देशन जारी गरेपछि २०७९ आषाढ ३० गते साविक प्रभु लाईफ इन्स्योरेन्स र महालक्ष्मी लाईफ इन्स्योरेन्स लि. बीच मर्जरको लागि सम्झौता भएको थियो। २०८० जेष्ठ २६ गते साधारण सभाबाट एकिकृत कारोबारको निर्णय भएपछि नेपाल बीमा प्राधिकरण, कम्पनी रजिष्ट्रार कार्यालय र नेपाल धितोपत्र वोर्डबाट स्वीकृति लिएर आज मर्जर कार्य सम्पन्न भएको हो । एकिकृत कारोबारको शुभारम्भ गर्दै प्राधिकरणका निर्देशक राजु रमण पौडेलले लामो समयको समस्या झेलेर पनि मर्जर कार्य सम्पन्न गरेकोमा शुभकामना दिए । उनले कम्पनीले जनताको चाहना अनुसार नयाँ नयाँ बीमा पोलिसी ल्याएर स्वस्थ प्रतिस्पर्धाको बीच कारोबार गर्ने आशा व्यक्त गरे। प्रभु महालक्ष्मी लाइफको नवगठित संचालक समितिको जेष्ठ सदस्य उमेशलाल श्रेष्ठले कार्यक्रमको सभापतित्व गरेका थिए। कार्यक्रममा संचालक शंकर गौतमले स्वागत मन्तव्य दिँदै अनुभवि र युवा टिम पाएको कम्पनीले भविश्यमा राम्रो व्यवसाय र प्रतिफल दिने विश्वास व्यक्त गरे।