वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

खुद ब्याज आम्दानीसँगै घट्यो हिमालयन लघुवित्तको खुद नाफा

अर्थलगानी
२०८० श्रावण १६, मंगलवार

काठमाडौँ। हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड अर्थात साविकको सिभिल लघुवित्तको गत आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्म आउँदा १ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७८.५० प्रतिशतले कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ७ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २० करोड २३ लाख ५२ हजार रुपैयाँ भएको छ। जुन, अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.५२ प्रतिशतले कम हो।

त्यस्तै खुद फि तथा कमिशन आम्दानी ९.०९ प्रतिशतले बढेर ६ करोड २९ लाख २८ हजार भएको छ।

लघुवित्तको कुल सञ्चालन आम्दानी १६.३३ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ७९.०४ प्रतिशत घटेको छ। समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा १.४७ प्रतिशतबाट २.३७ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज १ करोड ३२ लाख रुपैयाँ पुगेको छ। असार मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ६० लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर वितरण योग्य मुनाफा १ रुपैयाँ ९१ पैसा रहेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २० रुपैयाँ १ पैसा घटेर ४ रुपैयाँ ८१ पैसामा झरेको छ। असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात १५६।७६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ८५ पैसा रहेको छ।

३१ करोड ९८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १३ करोड ९६ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा लघुवित्तको निक्षेप तथा सापटी १९।३१ प्रतिशत बढेको छ भने कर्जा लगानी १५.०८ प्रतिशत बढेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड अर्थात साविकको सिभिल लघुवित्तको गत आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्म आउँदा १ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७८.५० प्रतिशतले कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ७ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २० करोड २३ लाख ५२ हजार रुपैयाँ भएको छ। जुन, अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.५२ प्रतिशतले कम हो। त्यस्तै खुद फि तथा कमिशन आम्दानी ९.०९ प्रतिशतले बढेर ६ करोड २९ लाख २८ हजार भएको छ। लघुवित्तको कुल सञ्चालन आम्दानी १६.३३ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ७९.०४ प्रतिशत घटेको छ। समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा १.४७ प्रतिशतबाट २.३७ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज १ करोड ३२ लाख रुपैयाँ पुगेको छ। असार मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ६० लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर वितरण योग्य मुनाफा १ रुपैयाँ ९१ पैसा रहेको छ। नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २० रुपैयाँ १ पैसा घटेर ४ रुपैयाँ ८१ पैसामा झरेको छ। असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात १५६।७६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ८५ पैसा रहेको छ। ३१ करोड ९८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १३ करोड ९६ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा लघुवित्तको निक्षेप तथा सापटी १९।३१ प्रतिशत बढेको छ भने कर्जा लगानी १५.०८ प्रतिशत बढेको छ।