वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सीवाईसी नेपालको आईपीओ आजदेखि बिक्रि खुला, कति दिने आवेदन ?

अर्थलगानी
२०७९ बैशाख २, शुक्रबार

काठमाडौं । आज देखि सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको आईपीओ बिक्रि खुला भएको छ ।

कम्पनीले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ निष्काशन बिक्रि खुला गरेको हो ।

कम्पनीले निष्काशन गर्न लागेको कुल सेयरमध्ये ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि र १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता सर्वसाधारणका लागि छुट्याएको छ ।

कम्पनीको आईपीओ ३६ हजार ९४८ जना सर्वसाधारणले १०र१० कित्ता सेयर हात पार्नेछन् भने यीमध्ये भाग्यमानी ८ जनाले थप १र१ कित्ता सेयर प्राप्त गर्ने देखिएको छ ।

कम्पनीको आईपीओमा छिटोमा २०७९ वैशाख ६ गते र ढिलोमा वैशाख १६ गतेसम्म आवेदन दिन सकिनेछ ।

उक्त आईपीओ न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौं । आज देखि सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको आईपीओ बिक्रि खुला भएको छ । कम्पनीले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ निष्काशन बिक्रि खुला गरेको हो । कम्पनीले निष्काशन गर्न लागेको कुल सेयरमध्ये ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि र १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता सर्वसाधारणका लागि छुट्याएको छ । कम्पनीको आईपीओ ३६ हजार ९४८ जना सर्वसाधारणले १०र१० कित्ता सेयर हात पार्नेछन् भने यीमध्ये भाग्यमानी ८ जनाले थप १र१ कित्ता सेयर प्राप्त गर्ने देखिएको छ । कम्पनीको आईपीओमा छिटोमा २०७९ वैशाख ६ गते र ढिलोमा वैशाख १६ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त आईपीओ न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।