काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघले आफ्नो सदस्य रहेको नेपाल निर्माण व्यवसायी महासंघद्धारा विभिन्न माग राखि भैरहेको आन्दोलनप्रति ध्यानाकर्षण गराएको छ।
कूल गार्हस्थ उत्पादनमा ठूलो योगदान रहेको यस क्षेत्रका जायज माग सुनुवाइमा भैरहेको ढिलाईले निर्माण मात्र नभइ अर्थतन्त्रमा नै समस्या पर्ने महासंघको ठहर छ।
व्यवसायीले निर्माण कार्य सम्पन्न गरेपनि भुक्तानी नहुदा वित्तिय प्रणाली र समग्र अर्थतन्त्रमा नै नकारात्मक प्रभाव परेको हुदा त्यसतर्पm सरकार सम्वेदनशील हुनु जरुरी रहेको जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘बिकास निर्माण र सर्वसाधारणको जीवन यापनसंग समेत जोडिएका परियोजना रोकिदा सरकारको पूजीगत खर्च पनि हुन सकेको छैन भने जनताले पनि सुविधा पाउन सकेका छैनन्। गत बर्ष पूजीगत खर्च जम्मा ६१ प्रतिशत भएको छ। यसले राष्ट्रिय अन्तराष्ट्रियस्तरमा पनि सकारात्मक सन्देश गएको छैन।’
निर्माण, उद्योग र थोक व्यापार नकारात्मक रहदा अर्थतन्त्र मन्दीमा गएको छ भने यसबाट बैंक वित्तिय संस्था, सिमेन्ट, छड जस्ता निर्माण सामाग्री उत्पादक र सरकारको राजश्वमा पनि गम्भीर असर परेको छ। राजस्व १३ प्रतिशतले घटेको छ भने उद्योगहरू करिब ३० देखि ३५ प्रतिशत क्षमतामा चलिरहेका छन।
प्रतिक्रिया