वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सपोर्ट लघुवित्तको नाफा ४२ प्रतिशतले बढ्यो, हेर्नुस अन्य वित्तीय अवस्था

अर्थलगानी
२०८० श्रावण १९, शुक्रबार

काठमाडौँ। सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आउँदा २ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३२.२३ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ९७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

लघुवित्तको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद ब्याज आम्दानी घटेपनि सञ्चालन मुनाफामा वृद्धि तथा निष्क्रिय कर्जामा आएको कमीका कारण नाफामा वृद्धि भएको देखिएको छ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ११.२४ प्रतिशत घटेर ७ करोड २ लाख रुपैयाँमा सीमित भएको छ।

सञ्चालन आम्दानी ५५.१६ प्रतिशत बढेर १ करोड ८३ रुपैयाँ पुगेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी २.७७ प्रतिशत घटेर ८ करोड ९० लाख रुपैयाँमा झरेको छ भने सञ्चालन मुनाफा ४२।०१ प्रतिशत बढेर १ करोड ९१ लाख रुपैयाँ पुगेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ५ रुपैयाँ ४४ पैसाबाट घटेर २ रुपैयाँ ८१ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २६२.२५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ २६ पैसा रहेको छ।

यता, एनपीएल ८.५८ प्रतिशतबाट घटेर १.८३ कायम भएको छ।

९ करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ५ करोड २० लाख रुपैयाँ सञ्चित छ। लघुवित्तको जगेडा कोष समीक्षा अवधिमा ७३.७७ प्रतिशत बढेको छ। असार मसान्तसम्ममा लघुवित्तले ३० करोड ३३ लाख रुपैयाँ निक्षेप तथा १ अर्ब ६ करोड १९ लाख रुपैयाँ सापटीबाट १ अर्ब ४६ करोड १६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।
लघुवित्तको पतिशेयर आम्दानी २३.८६, प्रति शेयर नेटवर्थ १५४.६९ रहेको छ भने पीई रेसियो ४०.०५ रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आउँदा २ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३२.२३ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ९७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। लघुवित्तको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद ब्याज आम्दानी घटेपनि सञ्चालन मुनाफामा वृद्धि तथा निष्क्रिय कर्जामा आएको कमीका कारण नाफामा वृद्धि भएको देखिएको छ। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ११.२४ प्रतिशत घटेर ७ करोड २ लाख रुपैयाँमा सीमित भएको छ। सञ्चालन आम्दानी ५५.१६ प्रतिशत बढेर १ करोड ८३ रुपैयाँ पुगेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी २.७७ प्रतिशत घटेर ८ करोड ९० लाख रुपैयाँमा झरेको छ भने सञ्चालन मुनाफा ४२।०१ प्रतिशत बढेर १ करोड ९१ लाख रुपैयाँ पुगेको छ। नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ५ रुपैयाँ ४४ पैसाबाट घटेर २ रुपैयाँ ८१ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २६२.२५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ २६ पैसा रहेको छ। यता, एनपीएल ८.५८ प्रतिशतबाट घटेर १.८३ कायम भएको छ। ९ करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ५ करोड २० लाख रुपैयाँ सञ्चित छ। लघुवित्तको जगेडा कोष समीक्षा अवधिमा ७३.७७ प्रतिशत बढेको छ। असार मसान्तसम्ममा लघुवित्तले ३० करोड ३३ लाख रुपैयाँ निक्षेप तथा १ अर्ब ६ करोड १९ लाख रुपैयाँ सापटीबाट १ अर्ब ४६ करोड १६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। लघुवित्तको पतिशेयर आम्दानी २३.८६, प्रति शेयर नेटवर्थ १५४.६९ रहेको छ भने पीई रेसियो ४०.०५ रहेको छ।