काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ‘एनुअल बिजनेश लिडर्स कन्क्लेभ’ सम्पन्न भएको छ । लुम्बिनीमा चार दिनसम्म सञ्चालन भएको सम्मेलनको मुख्य नारा ‘रिचिङ द पिनाकल २०७९।८०’ रहेको थियो ।
कम्पनीले बार्षिक सम्मेलन “एनुअल बिजनेश लिडर्स कन्क्लेभ, पोखरा स्थित होटल बाराहीमा सम्पन्न गरेको हो । आ.व. २०७९।८० मा उत्कृष्ट व्यवसाय गर्ने शाखाहरुलाई सम्मान तथा पुरस्कृत गर्दै कम्पनीको व्यवसाय संग सम्वन्धित वर्तमान पाटो बारे विवेचना गरी आगामी बर्षको लागि स्पष्ट खाका कोर्ने उदेश्यले कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सम्मेलन आयोजना गरिएको थियो ।
कार्यक्रममा खत्रीले जीवन बीमा व्यवसाय झनै प्रतिष्पर्धात्मक र जटिल हुँदै गइरहेको भन्दै कम्पनीलाई अग्रस्थानमा पुर्याउन सबैले अधिकतम प्रयास गर्नु पर्ने बताए ।
जीवन बीमा व्यवसाय दिन–प्रतिदिन प्रतिष्पर्धात्मक र जटिल हुँदै गैरहेको परिप्रेक्षमा आफ्नो कार्यदक्षता र मेहनतका साथ व्यवसाय वृद्धि गर्नुपर्ने दायित्व कम्पनी माथि आएको उनको भनाई थियो ।
कर्मचारीहरुको व्यवसायिक दक्षता अभिवृद्धि गर्ने उदेश्यले केएफए बिजनेश स्कुलका फाउन्डर तथा एक्जुकेटिभ चेयरमेन रेष्टा झा, सोही संस्थाका सीईओ तथा ट्रेनिङ डाइरेकटर किशलय झा र एकेडेमिक तथा कन्सलटिङ डाइरेक्टर ज्यास्मिन हाडा बज्राचार्यले सम्मेलनमा सहभागी कर्मचारीहरुलाई सेल्स मोटिभेसन तथा स्किल डेभलपमेन्ट सम्बन्धमा प्रशिक्षण दिएका थिए ।
आव २०७८र७९ मा उत्कृष्ट व्यवसाय गर्ने पाँच शाखा कार्यालय लगायत बार्षिक लक्ष्य पूरा गर्ने शाखा कार्यालयहरु र विभिन्न विधामा उत्कृष्ट रहेका शाखा कार्यालयहरुलाई प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीबाट सम्मान तथा पुरस्कृत पनि गरिएको थियो ।
सम्मेलनमा विभागीय प्रमुख तथा देशैभरबाट प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीहरु गरी १५० जना भन्दा बढीको सहभागिता रहेको थियो ।
प्रतिक्रिया