काठमाडौँ । अफरोड क्षमताले चिनिएको सुजुकी ‘जिम्नीझ् र ‘फ्रोंक्स’ सार्वजनिक भएको छ।नेपालको लागि सुजुकीको आधिकारीक वितरक सिजी मोटोकर्पले यी दुई एसयूभी देशभरका शोरुममा सार्वजनिक गरेको हो ।
‘जिम्नी’ र ‘फ्रोंक्स’ नै अवलोकन र टेस्ट ड्राइभको लागि खुल्ला गरिएको आधिकारिक डिलरका एक व्यक्तिले जानकारी दिए । नेपालमा केही महिनादेखि मात्र विक्री सुरु भएको जिम्नी राष्ट्रिय र अन्तराष्ट्रिय बजारमा सबैभन्दा प्रतीक्षित कारमध्ये पर्छ।यो मोडेल विश्वभरि निकै रुचाइएको छ।
नयाँ संस्करणको जिम्नीमा पर्याप्त बडी एंगल र ग्राउन्ड क्लियरेन्ससाथ डिजाइन गरिएको छ।फोर ह्वील ड्राइभ अप्सनमा उपलब्ध यो एसयूभी म्यानूयल र अटोमेटिक दुबै ट्रान्समिशनमा उपलब्ध रहेको छ ।यसमा वाइप-डाउन इन्टेरियर, हिल डिसेन्ट कन्ट्रोल, स्टील ह्वील, एन्टी-स्क्राच प्लास्टिक बम्पर, ह्वील आर्क-स्पार्टजस्ता कम्पोनेन्टको प्रयोग गरिएको छ ।
२२ दशमलव ६८ सेन्टिमिटर स्मार्ट प्ले प्रो इन्फोटेनमेन्ट सिस्टम, ६ एयरब्याग, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, अटो टेम्प्रेचर कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोलजस्ता धेरै आधुनिक आरामदायी र सुरक्षित सुविधा पनि समावेश छन्।
यता, सुजुकी ‘फ्रोंक्स’ नयाँ जेनेरेशनल रुचाउने र विल्कुलै ‘डिफरेन्ट लुक्स’मा प्रिमियम मिस्रित एसयुभी उपलब्ध भएको कम्पनीको दाबी छ। ‘द फेस अफ न्यु एसयुभी’ भनिएको सुजुकी फ्रोंक्समा रहेका अत्याधुनिक प्रविधिले आरामदायी र सुरक्षित अनुभूति प्रदान गर्ने कम्पनीले जनाएको छ।
कस्टुमरको रोजाई, सहजता र ब्राण्डलाई पहिलो प्राथमिकतामा राख्दै आइरहेका ‘जिम्नी’ र ‘फ्रोंक्स’ प्रिमियम डिजाइन, आधुनिक फिचर र आधुनिक सुरक्षा फिचरले सुसज्जित रहेको कम्पनीको दाबी छ ।
प्रतिक्रिया