काठमाडौँ । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले पोखरामा आफ्नो चौथो सर्भिस सेन्टर खोलेको छ । पोखरामा बढ्दै गइरहेको आफ्नो ग्राहक संख्यालाई ध्यानमा राख्दै उनीहरुलाई गुणस्तरीय आफ्टर सेल्स सर्भिस प्रदान गर्ने उद्देश्यले यस सेवा केन्द्र खोलिएको रियलमीले जनाएको छ ।
आफ्नै सेवा केन्द्र पोखरामा पनि गर्न पाउँदा अत्यन्तै उत्सहित भएको प्रकट गर्दै रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भने,“पोखरामा पनि हाम्रो आफ्नै सेवा केन्द्र स्थापना गर्न पाउँदा हामी अत्यन्तै उत्सहित छौं । नेपालभरी छरिएर रहनुभएका हाम्रा समस्त ग्राहक वर्गहरुलाइ राम्रो स्तरको सेवा प्रदान गर्ने हाम्रो प्रतिवद्धता अनुरुप हामीले पोखरामा चौँथो सेवा केन्द्र स्थापना गरेका छौं । हामीलाई आशा छ यो सेवा केन्द्र मार्फत हाम्रा ग्राहकहरुले स्मार्टफोन सम्बन्धि हरेक समस्याहरुको सहज रुपमा समाधान पाउन सक्नुहुनेछ।”
त्यस्तै, रियलमी नेपालको आधिकारिक वितरक जगदम्बा मोबाइल्स र शंकर ग्रुपका एग्जिक्युटिभ डिरेक्टर, सक्षम जाटियाले निरन्तर रुपमा नविनतम प्रविधि र फरक डिजाइनमा भित्रिने रियलमीप्रति नेपाली ग्राहकहरुको लोकप्रियता झल्किदैँ गएको बताए ।
उनले भने, “हाम्रो निरन्तर रुपमा वृद्धि भइरहेको लोकप्रियताले रियलमीप्रतिको नेपाली ग्राहकहरुको विश्वासलाई झल्काएको छ । यो साथ र विश्वासको लागि हामी सम्पूर्ण नेपाली ग्राहकवर्गहरु प्रति आभारी छौं।”
यस नयाँ सेवा केन्द्रको उद्घाटनसँगै आफ्ना ग्राहकहरुलाई राम्रो स्तरको सेवा र सुविधा प्रदान गर्ने रियलमीको प्रयासलाई नयाँ उचाईमा पु¥याएको कम्पनीको भनाइ छ । यस सेवा केन्द्रमा ग्राहकहरुले अत्याधुनिक प्राविधिक सहयोग र असली पार्ट-पुर्जाहरु लगयत सफ्टवेयर सम्बन्धि मर्मत सेवाहरु प्राप्त गर्न सक्ने पनि कम्पनी जनाएको छ ।
प्रतिक्रिया