वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रुरु जलविद्युतको नाफामा २६%को संकुचन, अन्य सूचकको अवस्था कस्तो ?

अर्थलगानी
२०८० श्रावण २९, सोमबार

काठमाडौँ । रुरु जलविद्युत परियोजना लिमिटेडले आर्थिक वर्ष २०७९-८०को चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ।

वित्तीय विवरणअनुसार कम्पनीले अघिल्लो वर्ष यही अवधिमा ९ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेकोमा समीक्षा अवधिमा भने ६ करोड ८८ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ। यो हिसाबले समीक्षा अवधिमा कम्पनीको नाफा २६ दशमलव ०९ प्रतिशतले कम हो।

चौथो त्रैमाससम्म कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ६३ प्रतिशतले घटेर १३ करोड ४९ लाख रुपैयाँमा सीमित बनेको छ।अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी १६ करोड १९ लाख रुपैयाँ रहेको थियो।

चुक्तापुँजी ४९ करोड ३३ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार बढेर १५ दशमलव १७ प्रतिशतले बढेर १५ करोड ९२ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा १३ करोड ८२ लाख रुपैयाँ रहेको थियो।

कम्पनीको प्रतिसेयर नेटवर्थ १३२.२८ रुपैयाँ र ईपीएस १३.९५ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस २०.७६ रुपैयाँ थियो।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ । रुरु जलविद्युत परियोजना लिमिटेडले आर्थिक वर्ष २०७९-८०को चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरणअनुसार कम्पनीले अघिल्लो वर्ष यही अवधिमा ९ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेकोमा समीक्षा अवधिमा भने ६ करोड ८८ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ। यो हिसाबले समीक्षा अवधिमा कम्पनीको नाफा २६ दशमलव ०९ प्रतिशतले कम हो। चौथो त्रैमाससम्म कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ६३ प्रतिशतले घटेर १३ करोड ४९ लाख रुपैयाँमा सीमित बनेको छ।अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी १६ करोड १९ लाख रुपैयाँ रहेको थियो। चुक्तापुँजी ४९ करोड ३३ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार बढेर १५ दशमलव १७ प्रतिशतले बढेर १५ करोड ९२ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा १३ करोड ८२ लाख रुपैयाँ रहेको थियो। कम्पनीको प्रतिसेयर नेटवर्थ १३२.२८ रुपैयाँ र ईपीएस १३.९५ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस २०.७६ रुपैयाँ थियो।