वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एलआइसी नेपालको नाफा साढे १२ करोड, कस्ता छन् अन्य वित्तीय सूचकहरु

अर्थलगानी
२०८० श्रावण २९, सोमबार

काठमाडौँ। एलआइसी नेपालले गत आर्थिक वर्षमा १२ करोड ४६ लाख ७० हजार नाफा कमाएको छ। इन्स्योरेन्स कम्पनीले सार्वजनीक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो। जबकी अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंक घाटामा रहेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा इन्स्योरेन्स पौने ९ करोड घाटामा रहेको थियो।

समिक्षा अवधिमा कम्पनीले १७ अर्ब ३९ करोड ३८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले १८ अर्ब १३ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्कमा सामान्य गिरावट भएको छ।

यस अवधिमा कम्पनीले ८ अर्ब ९६ करोड ६५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ९ अर्ब ६ करोड ३६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीले १ प्रतिशतले कम दाबी तिरेको हो ।
२ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब २७ करोड ५१ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ६१ करोड ५५ लाख रुपैयाँ संचिती थियो । कम्पनीको जीवन बीमा कोषमा १ खर्ब ७ अर्ब ४७ करोड रहेको छ । अघिललो वर्ष कम्पनीको जीवन बीमा कोषमा ९३ अर्ब ६३ करोड रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीले १२ करोड ४६ लाख ७० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनी ८ करोड ७४ लाख ७९ हजार नोक्सानीमा रहेको थियो ।

यस अवधिको तथ्याङक हेर्दा कम्पनीको भुक्तानी हुन बाँकी दाबी ३८ करोड २१ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ४ रुपैयाँ ७ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १६४ रुपैयाँ २५ पैसा रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। एलआइसी नेपालले गत आर्थिक वर्षमा १२ करोड ४६ लाख ७० हजार नाफा कमाएको छ। इन्स्योरेन्स कम्पनीले सार्वजनीक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो। जबकी अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंक घाटामा रहेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा इन्स्योरेन्स पौने ९ करोड घाटामा रहेको थियो। समिक्षा अवधिमा कम्पनीले १७ अर्ब ३९ करोड ३८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले १८ अर्ब १३ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्कमा सामान्य गिरावट भएको छ। यस अवधिमा कम्पनीले ८ अर्ब ९६ करोड ६५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ९ अर्ब ६ करोड ३६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीले १ प्रतिशतले कम दाबी तिरेको हो । २ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब २७ करोड ५१ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ६१ करोड ५५ लाख रुपैयाँ संचिती थियो । कम्पनीको जीवन बीमा कोषमा १ खर्ब ७ अर्ब ४७ करोड रहेको छ । अघिललो वर्ष कम्पनीको जीवन बीमा कोषमा ९३ अर्ब ६३ करोड रहेको थियो । समिक्षा अवधिमा कम्पनीले १२ करोड ४६ लाख ७० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनी ८ करोड ७४ लाख ७९ हजार नोक्सानीमा रहेको थियो । यस अवधिको तथ्याङक हेर्दा कम्पनीको भुक्तानी हुन बाँकी दाबी ३८ करोड २१ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ४ रुपैयाँ ७ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १६४ रुपैयाँ २५ पैसा रहेको छ ।