वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आम्दानी १६१ प्रतिशतले बढ्दा पनि सिटि होटल घाटामा कसरी पुग्यो?

अर्थलगानी
२०८० श्रावण ३०, मंगलवार

काठमाडौँ। सिटि होटल लिमिटेडको नाफा गत आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्म ऋणात्मक देखिएको छ। समिक्षा अवधिमा कम्पनीको आम्दानीमा उल्लेख्य वृद्धि भएपनि कम्पनी भने घाटामा देखिएको कम्पनीले सार्वजनीक गरेको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा देखिन्छ।

कम्पनीले समिक्षा अवधिमा सञ्चालन मार्फत ४७ करोड ३१ लाख रुपैयाँ आम्दानी गरेको छ। जुन, अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५०.१३ प्रतिशत बढी हो ।

त्यसैगरी, कम्पनीको कुल आम्दानी समीक्षा अवधिमा १६१.५७ प्रतिशत बढेर ५० करोड ९३ लाख रुपैयाँ पुगेको छ।

तर, यता कम्पनीको खुद नाफा भने २७ करोड ३६ लाख रुपैयाँ ऋणात्मक छ । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको यस्तो नाफा ४ करोड ४६ लाख रुपैयाँ ऋणात्मक रहेको थियो।

आम्दानी बढेपनि कम्पनीको कुल खर्च र वित्तीय खर्च उल्लेख्य बढेका कारण खुद नाफा ऋणात्मक हुन पुगेको देखिन्छ। साथै कम्पनीको समिक्षा पनि यहि छ।

समीक्षा अवधिमा कम्पनीको कुल खर्च १६४.४६ प्रतिशत बढेको छ भने वित्तीय खर्च ६४१.४६ प्रतिशत बढेको छ।

असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ३५ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १०४ रुपैयाँ रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। सिटि होटल लिमिटेडको नाफा गत आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्म ऋणात्मक देखिएको छ। समिक्षा अवधिमा कम्पनीको आम्दानीमा उल्लेख्य वृद्धि भएपनि कम्पनी भने घाटामा देखिएको कम्पनीले सार्वजनीक गरेको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा देखिन्छ। कम्पनीले समिक्षा अवधिमा सञ्चालन मार्फत ४७ करोड ३१ लाख रुपैयाँ आम्दानी गरेको छ। जुन, अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५०.१३ प्रतिशत बढी हो । त्यसैगरी, कम्पनीको कुल आम्दानी समीक्षा अवधिमा १६१.५७ प्रतिशत बढेर ५० करोड ९३ लाख रुपैयाँ पुगेको छ। तर, यता कम्पनीको खुद नाफा भने २७ करोड ३६ लाख रुपैयाँ ऋणात्मक छ । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको यस्तो नाफा ४ करोड ४६ लाख रुपैयाँ ऋणात्मक रहेको थियो। आम्दानी बढेपनि कम्पनीको कुल खर्च र वित्तीय खर्च उल्लेख्य बढेका कारण खुद नाफा ऋणात्मक हुन पुगेको देखिन्छ। साथै कम्पनीको समिक्षा पनि यहि छ। समीक्षा अवधिमा कम्पनीको कुल खर्च १६४.४६ प्रतिशत बढेको छ भने वित्तीय खर्च ६४१.४६ प्रतिशत बढेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ३५ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १०४ रुपैयाँ रहेको छ।