वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सानिमा जिआईसीको नाफा ९३ प्रतिशतले बढ्यो, बिमितको दाबीदर उच्च

अर्थलगानी
२०८० श्रावण ३१, बुधबार

काठमाडौँ। सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आउँदा २८ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आवको तुलनामा ९३.३५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले १४ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन भने १२६.४६ प्रतिशतले बढेर ६२ करोड ८८ लाख ११ हजार रुपैयाँ पुगेको छ । सो अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन भने पनि ९७.१० प्रतिशतले वृद्धि भई २ अर्ब ६ करोड ८९ लाख रुपैयाँ पुर्याएको छ । गत वर्ष कम्पनीले १ लाख ४४ हजार ७५६ वटा बीमालेख जारी गरेको छ भने नविकरण गरिएको बीमालेखको संख्या २९ हजार ३९६ वटा छ ।

समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा कमिशनबाट ३२ करोड १७ लाख, लगानी, कर्जा तथा अन्यबाट ११ करोड ४८ लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले अभिकर्ता कमिशनका लागि ३ करोड ४३ लाख र पुनर्बीमा कमिशनका लागि १ लाख र सेवा शुल्क वापत १ करोड रुपैयाँ खर्र्चिएको छ । कम्पनीले कर्मचारी बोनसका लागि भने ४ करोड रुपैयाँ व्यवस्था गरेको छ ।

गत वर्ष कम्पनीले कुल ९८ करोड ७६ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ । समिक्षा अवधिमा कम्पनीले ७ हजार ३२४ वटा दावी भुक्तानी गरेको हो । तर, कम्पनीले भुक्तानी गर्न बाँकी दावी रकम भने २ अर्ब २७ करोड ७६ लाख रुपैयाँ देखिएको छ । सो अवधिमा कम्पनीले ५ हजार ३९८ वटा दावी भुक्तानी गरेको छैन ।

साविकको सानिमा जनरल र जनरल इन्स्योरेन्स एक आपसमा गाभिएर गत वर्ष कात्तिक ७ गतेदेखि कम्पनीले सानिमा जिआईसीको नामबाट एकीकृत कारोबार थालेको हो ।

मर्जपछि नै कम्पनीको चुक्तापुँजी दोब्बर बढेर २ अर्ब पुगेको छ । समिक्षा अवधिमा कम्पनीको जगेडा तथा कोष पनि ११७.५८ प्रतिशतले बढेर ३२ करोड ९४ लाख रुपैयाँ पुगेको छ । कम्पनीको बीमा कोषमा भने ४२ करोड ६७ लाख रुपैयाँ छ । जुन अघिल्लो आवको तुलनामा १५९.५९ प्रतिशतले बढेको हो ।

कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ १ पैसा र प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ६५ पैसा रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आउँदा २८ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आवको तुलनामा ९३.३५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले १४ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन भने १२६.४६ प्रतिशतले बढेर ६२ करोड ८८ लाख ११ हजार रुपैयाँ पुगेको छ । सो अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन भने पनि ९७.१० प्रतिशतले वृद्धि भई २ अर्ब ६ करोड ८९ लाख रुपैयाँ पुर्याएको छ । गत वर्ष कम्पनीले १ लाख ४४ हजार ७५६ वटा बीमालेख जारी गरेको छ भने नविकरण गरिएको बीमालेखको संख्या २९ हजार ३९६ वटा छ । समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा कमिशनबाट ३२ करोड १७ लाख, लगानी, कर्जा तथा अन्यबाट ११ करोड ४८ लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले अभिकर्ता कमिशनका लागि ३ करोड ४३ लाख र पुनर्बीमा कमिशनका लागि १ लाख र सेवा शुल्क वापत १ करोड रुपैयाँ खर्र्चिएको छ । कम्पनीले कर्मचारी बोनसका लागि भने ४ करोड रुपैयाँ व्यवस्था गरेको छ । गत वर्ष कम्पनीले कुल ९८ करोड ७६ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ । समिक्षा अवधिमा कम्पनीले ७ हजार ३२४ वटा दावी भुक्तानी गरेको हो । तर, कम्पनीले भुक्तानी गर्न बाँकी दावी रकम भने २ अर्ब २७ करोड ७६ लाख रुपैयाँ देखिएको छ । सो अवधिमा कम्पनीले ५ हजार ३९८ वटा दावी भुक्तानी गरेको छैन । साविकको सानिमा जनरल र जनरल इन्स्योरेन्स एक आपसमा गाभिएर गत वर्ष कात्तिक ७ गतेदेखि कम्पनीले सानिमा जिआईसीको नामबाट एकीकृत कारोबार थालेको हो । मर्जपछि नै कम्पनीको चुक्तापुँजी दोब्बर बढेर २ अर्ब पुगेको छ । समिक्षा अवधिमा कम्पनीको जगेडा तथा कोष पनि ११७.५८ प्रतिशतले बढेर ३२ करोड ९४ लाख रुपैयाँ पुगेको छ । कम्पनीको बीमा कोषमा भने ४२ करोड ६७ लाख रुपैयाँ छ । जुन अघिल्लो आवको तुलनामा १५९.५९ प्रतिशतले बढेको हो । कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ १ पैसा र प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ६५ पैसा रहेको छ ।