वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

दुर्गम क्षेत्रको हवाई उडानमा लगाएको प्रतिबन्ध हटेपछि वायुसेवा संञ्चालकहरुले भने, ‘कुनै कमी कमजोरी नहुने गरी काम गर्छाै’

अर्थलगानी
२०८० भाद्र १, शुक्रबार

काठमाडौँ। दुर्गम क्षेत्रको हवाई उडानमाथि लगाएको प्रतिबन्ध हटाउने सरकारको निर्णयलाई वायुसेवा संचालक संघ नेपालले स्वागत गरेको छ। सरकारले उडान प्रतिबन्ध हटाएसँगै संघले प्रेस विज्ञप्ति जारी गर्दै उक्त निर्णयले हवाई सुरक्षामा कोशेढुंगा सावित हुने जनाएको हो।

‘नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालका कर्णाली, पाहाडी तथा तराई समेतका दुर्गम क्षेत्रमा बसोबास गर्नु हुने जनता तथा पर्यटहरुलाई पर्न गएको कठिनाईलाई मध्यनजर गरी वार्ता मार्फत हिजो जारी गरेको सेफ्टी सर्कुलर तथा निर्णयले हवाई उड्डयन सुरक्षामा कोशे ढुंगो सावित हुनेछ भन्ने विश्वास लिएका छौं ।’ संघद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अन्य समस्याहरु समाधान हुन बाँकी नै रहेकोले सहमति, सहकार्य तथा वार्ताको माध्यमद्धारा समस्या समाधान हुने छन् भन्ने अपेक्षा राख्दछौं।’

संघले आफ्नो स्थापनाकाल देखि नै नेपाल नागरिक उड्डयन प्राधिकरण लगायत अन्तर्राष्ट्रिय निकाय तथा सम्वन्धित मन्त्रालयहरुलगायतसँग आपसी सहकार्यबाट काम गर्दै आएको छ। साथै हवाई उडान सुरक्षामा कुनै कमी कमजोरी हुन नदिन पूर्ण रुपमा सचेत रहनुका साथै आगामी दिनमा हवाई उडान संचालन गर्दा भविष्यमा आई पर्ने विविध कठिनाईका विषयहरुमा समेत आवश्यक छलफल तथा सहकार्य गर्दै निरन्तर अगाडि बढ्ने प्रतिबद्धता समेत गरेको छ।

संघले हालको गम्भिर परिस्थितिलाई ध्यानमा राखी प्रधानमन्त्री स्वयंबाट चिन्ता व्यक्त भई समस्या समाधान हुन गएको साथै यस कार्यमा उल्लेखनीय योगदान पुर्याउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मन्त्री, कर्णाली प्रदेश तथा नेपालका सम्पूर्ण पाहाडी जिल्लाका माननीय सभासद लगायत सबैको सहयोगप्रति आभार समेत व्यक्त गरेको छ।

यसअघि प्राधिकरणले दुर्गम क्षेत्रका विमानस्थलमा ‘अपरेसन आवर’भित्र मात्रै एयरलाइन्सले उडान गर्न पाउने निर्णय गरेको थियो। अव भने प्राधिकरणले उडानसम्बन्धी मापदण्डलाई कडाइका साथ लागू गर्दै देशभरको पहाडी क्षेत्रमा अवस्थित ‘सर्ट टेक अफ एन्ड ल्यान्डिङ’ (स्टोल) अर्थात् छोटो उडान र अवतरण हुने विमानस्थलमा यसअघि लगाइएको उडान समयावधि हटाएको हो।

उडान सुरक्षा मापदण्डको कडाइका साथ पालना गर्ने र मौसमअनुकूल उडान गर्ने गरी यसअघिको उडान प्रतिबन्ध हटाइएको प्राधिकरणले जनाएको छ।

यो निर्णयसँगै देशका दुर्गम भेगका विमानस्थलमा दिउँसो १२ बजेपछि एयरलाइन्सहरूले उडान गर्न पाउनेछन्। प्राधिकरणले आजैदेखि देशभरको पहाडी क्षेत्रमा अवस्थित स्टोल उडान सञ्चालनलाई थप सुरक्षित तथा व्यवस्थित गर्नका लागि चार निर्णय गरेको हो।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। दुर्गम क्षेत्रको हवाई उडानमाथि लगाएको प्रतिबन्ध हटाउने सरकारको निर्णयलाई वायुसेवा संचालक संघ नेपालले स्वागत गरेको छ। सरकारले उडान प्रतिबन्ध हटाएसँगै संघले प्रेस विज्ञप्ति जारी गर्दै उक्त निर्णयले हवाई सुरक्षामा कोशेढुंगा सावित हुने जनाएको हो। ‘नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालका कर्णाली, पाहाडी तथा तराई समेतका दुर्गम क्षेत्रमा बसोबास गर्नु हुने जनता तथा पर्यटहरुलाई पर्न गएको कठिनाईलाई मध्यनजर गरी वार्ता मार्फत हिजो जारी गरेको सेफ्टी सर्कुलर तथा निर्णयले हवाई उड्डयन सुरक्षामा कोशे ढुंगो सावित हुनेछ भन्ने विश्वास लिएका छौं ।’ संघद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अन्य समस्याहरु समाधान हुन बाँकी नै रहेकोले सहमति, सहकार्य तथा वार्ताको माध्यमद्धारा समस्या समाधान हुने छन् भन्ने अपेक्षा राख्दछौं।’ संघले आफ्नो स्थापनाकाल देखि नै नेपाल नागरिक उड्डयन प्राधिकरण लगायत अन्तर्राष्ट्रिय निकाय तथा सम्वन्धित मन्त्रालयहरुलगायतसँग आपसी सहकार्यबाट काम गर्दै आएको छ। साथै हवाई उडान सुरक्षामा कुनै कमी कमजोरी हुन नदिन पूर्ण रुपमा सचेत रहनुका साथै आगामी दिनमा हवाई उडान संचालन गर्दा भविष्यमा आई पर्ने विविध कठिनाईका विषयहरुमा समेत आवश्यक छलफल तथा सहकार्य गर्दै निरन्तर अगाडि बढ्ने प्रतिबद्धता समेत गरेको छ। संघले हालको गम्भिर परिस्थितिलाई ध्यानमा राखी प्रधानमन्त्री स्वयंबाट चिन्ता व्यक्त भई समस्या समाधान हुन गएको साथै यस कार्यमा उल्लेखनीय योगदान पुर्याउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मन्त्री, कर्णाली प्रदेश तथा नेपालका सम्पूर्ण पाहाडी जिल्लाका माननीय सभासद लगायत सबैको सहयोगप्रति आभार समेत व्यक्त गरेको छ। यसअघि प्राधिकरणले दुर्गम क्षेत्रका विमानस्थलमा ‘अपरेसन आवर’भित्र मात्रै एयरलाइन्सले उडान गर्न पाउने निर्णय गरेको थियो। अव भने प्राधिकरणले उडानसम्बन्धी मापदण्डलाई कडाइका साथ लागू गर्दै देशभरको पहाडी क्षेत्रमा अवस्थित ‘सर्ट टेक अफ एन्ड ल्यान्डिङ’ (स्टोल) अर्थात् छोटो उडान र अवतरण हुने विमानस्थलमा यसअघि लगाइएको उडान समयावधि हटाएको हो। उडान सुरक्षा मापदण्डको कडाइका साथ पालना गर्ने र मौसमअनुकूल उडान गर्ने गरी यसअघिको उडान प्रतिबन्ध हटाइएको प्राधिकरणले जनाएको छ। यो निर्णयसँगै देशका दुर्गम भेगका विमानस्थलमा दिउँसो १२ बजेपछि एयरलाइन्सहरूले उडान गर्न पाउनेछन्। प्राधिकरणले आजैदेखि देशभरको पहाडी क्षेत्रमा अवस्थित स्टोल उडान सञ्चालनलाई थप सुरक्षित तथा व्यवस्थित गर्नका लागि चार निर्णय गरेको हो।