काठमाडौँ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अवधिमा अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा भारी गिरावट आएको छ ।
गत आवको ‘फोर्थक्वाटर’ रिपोर्ट सार्वजनिक गरेको लघुवित्तको यस अवधिमा खुद नाफा ३ लाख २८ हजार रूपैयाँ रहेको छ । जुन नाफा अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा ९६ प्रतिशतभन्दा बढीले घटेको हो । लघुवित्तले अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीले ८७ लाख ११ हजार रूपैयाँ खुद नाफा गरेको थियो ।
यस्तै, अघिल्लो वर्ष १ करोड ६७ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस अवधिमा भने ३ लाख २८ हजार रूपैयाँ बराबर मात्र नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा ९८ प्रतिशतले कम भएको प्रकासित रिपोर्टमा उल्लेख छ ।
सञ्चालन नाफा घटेसँगै कम्पनीको खुद नाफा घटेको हो । हाल कम्पनीको चुक्तापूँजी २५ करोड रहेको छ । रिटेन्ड अर्निग ६३ लाख रूपैयाँभन्दा बढी ऋणात्मक रहेको कम्पनीको जगेडा कोष रकम भने ३ करोड ३७ लाख रूपैयाँभन्दा बढी कायम छ ।
गत चौथो त्रैमाससम्म कम्पनीले २० करोड ८४ लाख रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने १ अर्ब ७७ करोड २३ लाख रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ ।
निक्रिय कर्जा अघिल्लो वर्ष २ दशमलव ६० प्रतिशत रहेकोमा गत वर्ष बढेर ४ दशमलव ८९ प्रतिशत कायम भएको छ । वार्षिक प्रतिशेयर आम्दानी १३ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ११० रूपैयाँ ९५ पैसा छ ।
प्रतिक्रिया