वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भृकुटीमण्डामा हुने नाडा अटो-शोः ५ हजार सवारी बुकिङ हुने अपेक्षा, मूल्य अन्य समयमा भन्दा सस्तो

अर्थलगानी
२०८० भाद्र ४, सोमबार

काठमाडौँ । नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालले चार वर्षपछि नाडा अटो शो गर्ने भएको छ। कोभिड र आयात प्रतिवन्धका कारण हरेक वर्ष हुँदै आएको सवारी साधन सम्वन्धि प्रदर्शनी रोकिएको थियो।

यो प्रदर्शनी काठमाडौंको प्रदर्शनीमार्गको भृकुटी मण्डप परिसरमा आयोजना हुने नाडाले जनाएको छ। नाडाले एक सुचना जारी गर्दै यही भदौ २६ देखि ३१ गतेसम्म हुन गइरहेको नाडा अटो शो २०२३ का लागि सवारी बिक्रेताहरुलाई स्टल बुकिङ खुला गरिसकेको छ ।

कोभिड १९ का कारण ३ वर्ष र आयात प्रतिबन्धका कारण एक वर्षदेखि नाडा अटो शो हुन पाएको छैन। गत वर्ष हुन लागेको प्रदर्शनीलाई नाडाले नाडा इभी अटो एक्स्पो गरेको थियो। नाडाका अनुसार अटो–शोका लागि ८२ वटा स्टलहरु बुकिङ भैसकेका छन् ।

अटो एक्सपोमा विभिन्न ब्राण्ड र मोडेलका सवारी साधनहरु र त्यसमा प्रयोग हुने टायरट्यूव, लुब्रिकेन्टस, स्पेयर पार्टस, एसेसरिज, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरु ल्गायतका सामग्रीहरु रहने आयोजक टिमले जनाएको छ ।

एक्सपोमा चारपाङ्ग्रे सवारी साधन १७, दुई पाङ्ग्रे २३, कमर्सियल सवारी साधन ६, बैंक तथा वित्तीय निकायहरु ५, स्पेयर पार्टस, टायर लुब्रिकेन्टस, कम्पोनेन्ट तथा एसेसरिजका ३१ वटा स्टल रहने नाडाले जनाएको छ ।

उक्त–शो मा २२ ब्राण्डका मोटरसाइटल तथा स्कुटर, १६ ब्राण्डका कार तथा जिप, २६ वटा स्पेयर पार्टसका स्टलहरु रहने पनि नाडाले जनाएको छ ।

आटोशोमा ५ हजार हाराहारीमा गाडीको बुकिङ हुने व्यवसायीहरुले अनुमान गरेका छन् । पछिल्लो समय धेरै उपभोक्ताको रोजाइ विद्युतीय गाडी रहेको र अटो शोमा नयाँ मोडलका गाडीहरु भित्रिएपछि उक्त संख्यामा गाडीहरु बुकिङको अनुमान गरिएको उनीहरुको भनाई छ ।

मेलामा धेरै आकर्षण गाडीमा देखिएकाले पनि यसमा कम्पनीहरुले सक्दो सुविधा दिने प्रयत्नमा छन् । त्यसैले कारको मूल्य अन्य समयमा भन्दा अहिले सस्तो हुने बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ । नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालले चार वर्षपछि नाडा अटो शो गर्ने भएको छ। कोभिड र आयात प्रतिवन्धका कारण हरेक वर्ष हुँदै आएको सवारी साधन सम्वन्धि प्रदर्शनी रोकिएको थियो। यो प्रदर्शनी काठमाडौंको प्रदर्शनीमार्गको भृकुटी मण्डप परिसरमा आयोजना हुने नाडाले जनाएको छ। नाडाले एक सुचना जारी गर्दै यही भदौ २६ देखि ३१ गतेसम्म हुन गइरहेको नाडा अटो शो २०२३ का लागि सवारी बिक्रेताहरुलाई स्टल बुकिङ खुला गरिसकेको छ । कोभिड १९ का कारण ३ वर्ष र आयात प्रतिबन्धका कारण एक वर्षदेखि नाडा अटो शो हुन पाएको छैन। गत वर्ष हुन लागेको प्रदर्शनीलाई नाडाले नाडा इभी अटो एक्स्पो गरेको थियो। नाडाका अनुसार अटो–शोका लागि ८२ वटा स्टलहरु बुकिङ भैसकेका छन् । अटो एक्सपोमा विभिन्न ब्राण्ड र मोडेलका सवारी साधनहरु र त्यसमा प्रयोग हुने टायरट्यूव, लुब्रिकेन्टस, स्पेयर पार्टस, एसेसरिज, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरु ल्गायतका सामग्रीहरु रहने आयोजक टिमले जनाएको छ । एक्सपोमा चारपाङ्ग्रे सवारी साधन १७, दुई पाङ्ग्रे २३, कमर्सियल सवारी साधन ६, बैंक तथा वित्तीय निकायहरु ५, स्पेयर पार्टस, टायर लुब्रिकेन्टस, कम्पोनेन्ट तथा एसेसरिजका ३१ वटा स्टल रहने नाडाले जनाएको छ । उक्त–शो मा २२ ब्राण्डका मोटरसाइटल तथा स्कुटर, १६ ब्राण्डका कार तथा जिप, २६ वटा स्पेयर पार्टसका स्टलहरु रहने पनि नाडाले जनाएको छ । आटोशोमा ५ हजार हाराहारीमा गाडीको बुकिङ हुने व्यवसायीहरुले अनुमान गरेका छन् । पछिल्लो समय धेरै उपभोक्ताको रोजाइ विद्युतीय गाडी रहेको र अटो शोमा नयाँ मोडलका गाडीहरु भित्रिएपछि उक्त संख्यामा गाडीहरु बुकिङको अनुमान गरिएको उनीहरुको भनाई छ । मेलामा धेरै आकर्षण गाडीमा देखिएकाले पनि यसमा कम्पनीहरुले सक्दो सुविधा दिने प्रयत्नमा छन् । त्यसैले कारको मूल्य अन्य समयमा भन्दा अहिले सस्तो हुने बताइएको छ ।