वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा तिवारी

अर्थलगानी
२०७९ फाल्गुन १९, शुक्रबार

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा प्रतावबाबु तिवारी नियुक्त भएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले तिवारीलाई महाप्रबन्धकको जिम्मेवारी तोकेको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले बताए। तिवारी यसअघि पनि विमानस्थलको महाप्रबन्धक भईसकेका व्यक्ति हुन्।

क्यानमा उपमहानिर्देशकको जिम्मेवारीमा रहेका तिवारी क्यानको नागरिक उड्डयन प्रशिक्षणको प्रमुख थिए। प्रशिक्षण प्रमुखमा देवचन्द्रलाल कर्ण तोकिका छन्।

महाप्रबन्धक तिवारीले विमानस्थलको सेवालाई सुदृढ र प्रभावकारी बनाउन सक्रियतापूर्वक लाग्ने बताए।

यस्तै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकको जिम्मेवारी हंशराज पाण्डेलाई दिइएको छ । उनी यसअघि एभिएशन सर्भिसेज निर्देशनालयमा उपमहानिर्देशक थिए।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा प्रतावबाबु तिवारी नियुक्त भएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले तिवारीलाई महाप्रबन्धकको जिम्मेवारी तोकेको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले बताए। तिवारी यसअघि पनि विमानस्थलको महाप्रबन्धक भईसकेका व्यक्ति हुन्। क्यानमा उपमहानिर्देशकको जिम्मेवारीमा रहेका तिवारी क्यानको नागरिक उड्डयन प्रशिक्षणको प्रमुख थिए। प्रशिक्षण प्रमुखमा देवचन्द्रलाल कर्ण तोकिका छन्। महाप्रबन्धक तिवारीले विमानस्थलको सेवालाई सुदृढ र प्रभावकारी बनाउन सक्रियतापूर्वक लाग्ने बताए। यस्तै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकको जिम्मेवारी हंशराज पाण्डेलाई दिइएको छ । उनी यसअघि एभिएशन सर्भिसेज निर्देशनालयमा उपमहानिर्देशक थिए।