काठमाडौँ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको “समृद्धि गृह लक्ष्मी” बचत खातामा निःशुल्क ६ सुविधा पाइने भएको छ ।
फाइनान्सका अनुसार यस बचत खातामा १० प्रतिशत ब्याजदर पाइने छ । खातामा निःशुल्क मोवाइल बैकिङ्ग, निःशुल्क चेकबुक सुबिधा, निःशुल्क एबिबिएस सुविधा, निःशुल्क एसएमएस अलर्ट सुविधा, निःशुल्क डेविट कार्ड (एटिएम) सुविधा र निःशुल्क कनेन्ट आईपिएस सुविधा रहेका छन् ।
समृद्धि फाइनान्सले आफ्ना ग्राहकवर्गहरुमा सेवा प्रदान गर्ने उदेश्यका साथ नयाँ नयाँ योजनाहरु सञ्चालनमा ल्याउँदै आइरहेको छ ।
प्रतिक्रिया