काठमाडौँ । कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान) ले आयोजना गरेको ‘नेपाल ब्लकचेन कन्क्लेभ’का लागि रजिस्ट्रेसन खुला भएकोछ । आगामी भदौ ३१ गते हुने कन्क्लेभको लागि बिहीबारदेखि रजिष्ट्रेसन खुला गरिएको क्यानले जनाएको हो
नेपाल ब्लकचेन कन्क्लेभको वेबसाइटमा इच्छुकले आवेदन दिन सक्नेछन। आवेदनको शुल्क विद्यार्थीका लागि पाँच हजार र कर्पोरेटका लागि १० हजार रुपैयाँ तोकिएको छ।
ब्लकचेन प्रविधिबारे सचेतना, प्रोत्साहन तथा प्रवर्द्धन गर्न सरोकारवालाबीच एकै छातामुनि वृहत अन्तर्क्रिया एवम् सहकार्य गर्ने उद्देश्यले अन्तर्राष्ट्रियस्तरको कन्क्लेभ हुन लागेको महासंघको भनाइ छ । कन्क्लेभको सहआयोजकमा क्लब बी बिजनेस टेक्नोलोजी रहेको छ भने कम्युनिटी पार्टनरमा ब्लकचेन कम्युनिटी नेपाल रहेको छ ।
कन्क्लेभमा विभिन्न ६ देशबाट की नोट स्पिकर (प्रमुख वक्ता) आउने तय भएको छ । त्यस्तै कन्क्लेभमा नियामक नेपाल राष्ट बैंकसहित प्रमुख बैंक तथा वित्तीय संस्था, नेपाली तथा अन्तर्राष्ट्रय ब्ल्कचेन कम्पनी, फिनटेक कम्पनीहरू, विज्ञ, प्रविधि व्यवसायी, शिक्षण संस्था, नीति निर्माता तथा नेपाल सरकारका विभिन्न निकायको सहभागिता रहने कन्क्लेभका संयोजक तथा क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले बताए ।
रजिष्ट्रर कसरी गर्ने?
नेपाल ब्लकचेन कन्क्लेभको वेबसाइटमा जाने
‘रजिष्ट्रर’ बटन क्लिक गर्ने
त्यहाँ माग गरिएबमोजिम नाम, इमेल आईडी, संस्था, सम्पर्क नम्बर, सहभागितको वर्ग छनोट गर्ने गर्ने। साथै आफुलाई लागेका कौतुहुलता तथा सुझावहरु प्रदान गर्न ।
अन्तत, समीट बटनमा क्लिक गर्ने ।
शुल्कको लागि आवेदन दिईसकेपछि क्यानले सम्पर्क गर्नेछ।
प्रतिक्रिया