वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जोशी हाइड्रोले डाक्यो एजीएम, हकप्रदसहित यस्ता छन् पारित हुने एजेन्डा

अर्थलगानी
२०८० भाद्र १०, आईतवार

काठमाडौँ । जोशी हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको भदौ ८ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीको आठौँ वार्षिक साधारण आह्वान गरेको हो ।

सभा भदौ ३१ गते, लिसारा ब्याङ्क्वेट हल, नक्साल, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा कम्पनीको जारी पूँजीको ६५५ हकप्रद सेयर निष्कासन गर्ने र सेयर निष्कासनको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी विशेष प्रस्ताव पनि पारित गरिन्छ ।

हकप्रद शेयर प्रयोजनका लागि कम्पनीको पूँजी वृद्धि गर्ने गरी प्रबन्धपत्रको दफा ६ को (क), (ख) र (घ) मा संशोधन गर्ने तथा नियमावलीको नियम १८ (६), १९(७), २०, २३(१) र २(क) लाई कम्पनी ऐनको व्यवस्था अनुरुप संशोधन गर्ने सम्बन्धी विशेष प्रस्ताव पनि सभाबाट पारित हुनेछ ।

यस्तै, सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी सो प्रतिवेदनलाई पारित गर्नेछ ।

कम्पनीका लेखापरीक्षकद्वारा पेश भएको आ.व. २०७८–७९ को लागि नियुक्त लेखा परिक्षक श्री आइपी मैनाली र एसोसिएट्सद्वारा तयार पारिएको को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत सो सँग सम्बन्धित अनुसुचीहरु माथि छलफल गरी लेखा परिक्षण प्रतिवेदन पारित गर्नेछ ।

यसका साथै, आ.व. २०७९–०८० को लागि लेखापरीक्षण गर्नको लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्नेछ भने कम्पनीको रिक्त संस्थापकबाट पद संख्या १ र सर्वसाधारणबाट पद संख्या १ गरी २ जना संचालक को निर्वाचन र स्वतन्त्र संचालकको नियुक्ति गर्ने प्रस्तावहरू पनि पारित गरिने सूचनामा उल्लेख छ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि भदौ १८ गते, एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ भदौ १७ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ । जोशी हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको भदौ ८ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीको आठौँ वार्षिक साधारण आह्वान गरेको हो । सभा भदौ ३१ गते, लिसारा ब्याङ्क्वेट हल, नक्साल, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा कम्पनीको जारी पूँजीको ६५५ हकप्रद सेयर निष्कासन गर्ने र सेयर निष्कासनको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी विशेष प्रस्ताव पनि पारित गरिन्छ । हकप्रद शेयर प्रयोजनका लागि कम्पनीको पूँजी वृद्धि गर्ने गरी प्रबन्धपत्रको दफा ६ को (क), (ख) र (घ) मा संशोधन गर्ने तथा नियमावलीको नियम १८ (६), १९(७), २०, २३(१) र २(क) लाई कम्पनी ऐनको व्यवस्था अनुरुप संशोधन गर्ने सम्बन्धी विशेष प्रस्ताव पनि सभाबाट पारित हुनेछ । यस्तै, सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी सो प्रतिवेदनलाई पारित गर्नेछ । कम्पनीका लेखापरीक्षकद्वारा पेश भएको आ.व. २०७८–७९ को लागि नियुक्त लेखा परिक्षक श्री आइपी मैनाली र एसोसिएट्सद्वारा तयार पारिएको को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत सो सँग सम्बन्धित अनुसुचीहरु माथि छलफल गरी लेखा परिक्षण प्रतिवेदन पारित गर्नेछ । यसका साथै, आ.व. २०७९–०८० को लागि लेखापरीक्षण गर्नको लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्नेछ भने कम्पनीको रिक्त संस्थापकबाट पद संख्या १ र सर्वसाधारणबाट पद संख्या १ गरी २ जना संचालक को निर्वाचन र स्वतन्त्र संचालकको नियुक्ति गर्ने प्रस्तावहरू पनि पारित गरिने सूचनामा उल्लेख छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि भदौ १८ गते, एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ भदौ १७ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।