काठमाडौँ। सानिमा रिलायन्स लाईफ ईन्स्योरेन्स लि. बाट आ. व. २०७९।८० मा उत्कृस्ट जीवन बीमाव्यवसाय गरेर एमडीआटी हासिल गर्न सफल ६ जना एजेन्सी म्यानेजरहरु सिंगापुरमा सञ्चालन हुने विस्वव्यापी सम्मेलनमा भाग लिन नेपालबाट प्रस्थान गरेका छन् ।
सम्मेलनमा भागलिन जानेमा अभिकर्ताहरु नमिता न्यौपाने, श्याम गुरुङ, भावना तिम्सिना, हिमालदेवी गुरुङ, सिता भट्टराई र कल्पना बिष्ट रहेका छन्।
कम्पनीले एक कार्यक्रमको आयोजना गरेर सम्पूर्ण एमडीआरटी हासिल गर्न सफलअभिकर्ताहरुलाई भव्यताका साथबिदाई समेत गरेको छ ।
एम डि आर टि भनेको अभिकर्ताहरुको विस्वव्यापी संजाल हो जसमा भागलिनको लागि जनवरी देखि डिसेम्बरसम्म तोकिएको बीमाशुल्क संकलन गर्नुपर्ने हुन्छ ।
यस संस्थामा हालसम्म ७२ देशका ५०० कम्पनी आबद्ध भएका छन। बीमाअवधि र बीमाको किसिम लगायत विभिन्न मापदण्ड मार्फत उक्त रकमहासिल गर्न सफल भएपछि मात्रकार्यक्रममा भाग लिनपाउने व्यवस्था रहेको हुन्छ ।
सन् २०२२ का लागि नेपाललबाट एमडीआरटीमा भागलिनको लागि ३७ लाख ९२ हजार तीन सय रुपैयाँ प्रथमबीमाशुल्क संकलन गर्नु पर्ने लक्ष्य रहेको थियो ।
सिओटीका लागिभने १ करोड १३ लाख७६ हजार रुपैयाँ र टिओटीका लागि २ करोड २७लाख ५३ हजार रुपैयाँ प्रथम बीमाशुल्क संकलन गर्नुपर्ने प्रावधान रहेको थियो।
यस संस्थाको लक्ष्य हासिल गर्नुलाई हरेक अभिकर्ताको प्रतिष्ठाको विषयको रुपमा लिइन्छ । अभिकर्ताहरुको क्षमता अभिवृद्धिका लागि यस संस्थाको सम्मेलन महत्वपूर्ण मानिन्छ ।
प्रतिक्रिया