वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बीमालेख धितोमा ८४ अर्ब बढि ऋण प्रवाहः नेपाल लाइफ, एलआइसी र नेशनलको सबैभन्दा धेरै[तथ्याङ्कसहित]

अर्थलगानी
२०८० भाद्र १५, शुक्रबार

काठमाडौं । जीवन बीमा कम्पनीहरूले बीमालेख धितो राखेर प्रवाह गर्ने कर्जा गत आवको असार मसान्तसम्ममा ८४ अर्ब ८९ करोड ५९ लाख रुपैयाँ रहेको छ । हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुले सोही अवधिमा उक्त रकम कर्जा प्रवाह गरेका हुन् ।

ती कम्पनीहरूले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९।८० को चौथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा जीवन बीमा कम्पनीहरुले बीमालेख धितोमा ६७ अर्ब ४६ करोड ४३ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । यस हिसाबले हेर्दा अघिल्लो आवको तुलनामा कम्पनीहरुको बीमालेख धितोमा कर्जा २५.८४ प्रतिशतले बढेको देखिएको छ ।

बीमालेख धितो कर्जा जीवन बीमा कम्पनीहरूको मुख्य आम्दानीमध्ये एक हो । यस खाले कर्जा पछिल्लो समय बीमा कम्पनीको आम्दानीको नयाँ माध्यम बनेको छ । बीमितले आफूले बीमा बापत जम्मा गरेको रकमको समर्पण मूल्यको आधारमा बीमालेख धितोमा कर्जा पाउने गर्दछन । यो अत्यन्तै सजिलो प्रक्रिया हो।

बीमालेख धितो कर्जा लगानी र आम्दानीमा नेपाल लाइफ, एलआइसी र नेशनल सबैभन्दा अगाडी रहेका छन् । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीले गत आर्थिक वर्षको असार महिनासम्ममा ३० अर्ब ४५ करोड रुपैयाँ बीमा लेख धितो कर्जा प्रवाह गरेको छ ।

दोस्रो स्थानमा एलआईसी नेपाल देखिएको छ । कम्पनीका बीमितले गत वर्ष बीमालेख धितो राखी २१ अर्ब ७१ करोड ८७ लाख रुपैयाँ कर्जा लिएका छन् । जुन अघिल्लो आवको तुलनामा भने १९.९१ प्रतिशतले बढी हो ।

त्यस्तै, तेस्रो स्थानमा रहेको नेशनल लाइफले भने गत वर्ष बीमालेख धितो राखेर १० अर्ब ४५ करोड २३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । कम्पनीको यस्तो अघिल्लो वर्षको तुलनामा भने ३३.८८ प्रतिशतले बढी हो ।

त्यसैगरी, हिमालयन लाइफले पाँच अर्ब ७१ करोड रुपैयाँ, एशियन लाइफले चार अर्ब ७० करोड रुपैयाँ, सूर्यज्योति लाइफले तीन अर्ब ६७ करोड रुपैयाँ, राष्ट्रिय बीमा संस्थानले दुई अर्ब ८५ करोड रुपैयाँ, मेट लाइफले एक अर्ब ५५ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफले एक अर्ब चार करोड रुपैयाँ बीमालेख धितोकर्जा प्रवाह गरेका छन् ।

साथै, समीक्षा अवधिमा प्रभु महालक्ष्मी लाइफले ८७ करोड रुपैयाँ, सिटिजन लाइफले ५६ करोड रुपैयाँ, आइएमई लाइफले ५० करोड, सन नेपाल लाइफले ४६ करोड र रिलायबल नेपाल लाइफले ३० करोड रुपैयाँ बीमालेख धितोकर्जा प्रवाह गरेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौं । जीवन बीमा कम्पनीहरूले बीमालेख धितो राखेर प्रवाह गर्ने कर्जा गत आवको असार मसान्तसम्ममा ८४ अर्ब ८९ करोड ५९ लाख रुपैयाँ रहेको छ । हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुले सोही अवधिमा उक्त रकम कर्जा प्रवाह गरेका हुन् । ती कम्पनीहरूले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९।८० को चौथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा जीवन बीमा कम्पनीहरुले बीमालेख धितोमा ६७ अर्ब ४६ करोड ४३ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । यस हिसाबले हेर्दा अघिल्लो आवको तुलनामा कम्पनीहरुको बीमालेख धितोमा कर्जा २५.८४ प्रतिशतले बढेको देखिएको छ । बीमालेख धितो कर्जा जीवन बीमा कम्पनीहरूको मुख्य आम्दानीमध्ये एक हो । यस खाले कर्जा पछिल्लो समय बीमा कम्पनीको आम्दानीको नयाँ माध्यम बनेको छ । बीमितले आफूले बीमा बापत जम्मा गरेको रकमको समर्पण मूल्यको आधारमा बीमालेख धितोमा कर्जा पाउने गर्दछन । यो अत्यन्तै सजिलो प्रक्रिया हो। बीमालेख धितो कर्जा लगानी र आम्दानीमा नेपाल लाइफ, एलआइसी र नेशनल सबैभन्दा अगाडी रहेका छन् । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीले गत आर्थिक वर्षको असार महिनासम्ममा ३० अर्ब ४५ करोड रुपैयाँ बीमा लेख धितो कर्जा प्रवाह गरेको छ । दोस्रो स्थानमा एलआईसी नेपाल देखिएको छ । कम्पनीका बीमितले गत वर्ष बीमालेख धितो राखी २१ अर्ब ७१ करोड ८७ लाख रुपैयाँ कर्जा लिएका छन् । जुन अघिल्लो आवको तुलनामा भने १९.९१ प्रतिशतले बढी हो । त्यस्तै, तेस्रो स्थानमा रहेको नेशनल लाइफले भने गत वर्ष बीमालेख धितो राखेर १० अर्ब ४५ करोड २३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । कम्पनीको यस्तो अघिल्लो वर्षको तुलनामा भने ३३.८८ प्रतिशतले बढी हो । त्यसैगरी, हिमालयन लाइफले पाँच अर्ब ७१ करोड रुपैयाँ, एशियन लाइफले चार अर्ब ७० करोड रुपैयाँ, सूर्यज्योति लाइफले तीन अर्ब ६७ करोड रुपैयाँ, राष्ट्रिय बीमा संस्थानले दुई अर्ब ८५ करोड रुपैयाँ, मेट लाइफले एक अर्ब ५५ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफले एक अर्ब चार करोड रुपैयाँ बीमालेख धितोकर्जा प्रवाह गरेका छन् । साथै, समीक्षा अवधिमा प्रभु महालक्ष्मी लाइफले ८७ करोड रुपैयाँ, सिटिजन लाइफले ५६ करोड रुपैयाँ, आइएमई लाइफले ५० करोड, सन नेपाल लाइफले ४६ करोड र रिलायबल नेपाल लाइफले ३० करोड रुपैयाँ बीमालेख धितोकर्जा प्रवाह गरेको छ ।