वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपालबाट १० हजार मेगावाट बिजुली लैजाने समझदारीपत्र भारतद्वारा अनुमोदन

अर्थलगानी
२०८० भाद्र १९, मंगलवार

काठमाडौँ । नेपालबाट आगामी १० वर्षभित्र १० हजार मेगावाट विद्युत् लैजाने नेपाल र भारतबीचको समझदारीलाई भारतको संघीय मन्त्रिपरिषद्ले औपचारिक रूपमा स्वीकृत गरेको छ।

भारतको निर्णयले नेपालको आर्थिक विकास र पुनर्संरचनामा महत्त्वपूर्ण योगदान पुर्‍याउने नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले ट्वीट गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा दुई देशबीचको दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो। गत जेठमा नेपाल र भारतका ऊर्जा सचिवले सो समझदारीपत्रमा हस्ताक्षर गरेका थिए।

अब दुई देशबीच ऊर्जा खरिदबिक्रीका लागि सम्झौता हुनेछ। त्यसपछि नेपालको बिजुली भारतीय बजारमा लैजाने बाटो खुल्नेछ। हाल नेपाल विद्युत् प्राधिकरणले दैनिक रुपमा भारतीय इनर्जी एक्सचेञ्ज मार्केटमा ४५२ मेगावाट बिजुली निर्यात गर्दै आएको छ। सन् २०१४ मा नै नेपाल र भारतबीच विद्युत् व्यापार सम्झौता भएको थियो।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ । नेपालबाट आगामी १० वर्षभित्र १० हजार मेगावाट विद्युत् लैजाने नेपाल र भारतबीचको समझदारीलाई भारतको संघीय मन्त्रिपरिषद्ले औपचारिक रूपमा स्वीकृत गरेको छ। भारतको निर्णयले नेपालको आर्थिक विकास र पुनर्संरचनामा महत्त्वपूर्ण योगदान पुर्‍याउने नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले ट्वीट गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा दुई देशबीचको दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो। गत जेठमा नेपाल र भारतका ऊर्जा सचिवले सो समझदारीपत्रमा हस्ताक्षर गरेका थिए। अब दुई देशबीच ऊर्जा खरिदबिक्रीका लागि सम्झौता हुनेछ। त्यसपछि नेपालको बिजुली भारतीय बजारमा लैजाने बाटो खुल्नेछ। हाल नेपाल विद्युत् प्राधिकरणले दैनिक रुपमा भारतीय इनर्जी एक्सचेञ्ज मार्केटमा ४५२ मेगावाट बिजुली निर्यात गर्दै आएको छ। सन् २०१४ मा नै नेपाल र भारतबीच विद्युत् व्यापार सम्झौता भएको थियो।