काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदीको भाउ घटेको छ ।
बुधबार छापावाल सुन प्रतितोला प्रतितोला १ लाख १२ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ । अघिल्लो दिन (मंगलबार) प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुनको भाउ पनि तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ११ हजार ८ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९६ हजार ३ सय ६५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९५ हजार ८ सय ९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय २६ रुपैयाँ कायम गरेको छ।
प्रतिक्रिया