काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न स्थानमा निर्माण गरेको ५१ वटा विद्युतीय सवारी साधन चार्जिङ स्टेशनको उद्घाटन गरेको छ।
बुधबार नेपाल विद्युत प्राधिकरणले देशभर निर्माण गरेका ५१ वटा चार्जिङ स्टेशनको ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेत र सचिव दिनेश कुमार घिमिरेले नेपाल पुलिस क्लब भृकुटीमण्डपमा स्थापना गरिएको फाष्ट चार्जिङ स्टेसनका उद्घाटन गरेका हुन् ।
करिब ४० करोड रुपैयाँ लागतमा निर्माण गरिएकाचार्जिङ स्टेसनमध्ये २६ वटामा ठूला बस, माइक्रो, ट्रक, पिकअपतथा कार र २५ वटामा साना( ठूला कारहरु चार्ज गर्न मिल्ने छन् ।
मन्त्री बस्नेतले सरकारले आज ५१ वटा विद्युतीय चार्जिङ स्टेसन उद्घाटन गरिएको भन्दै आगामी दिनमा देशव्यापी रुपमा बिस्तार गर्ने योजनामा रहेको उल्लेख गरे । देशभरका ५१ वटा विद्युतीय चार्जिङ स्टेशन उद्घाटन विद्युतीय यात्रा मात्रै नभएर इलेक्ट्रिक भेकलमार्फत हरित र दिगो विकासमा महत्वपूर्ण योगदान गर्नसक्ने विश्वास रहेको उनको भनाइ छ ।
मन्त्री बस्नेतले विद्युतीय सवारी साधनहरुले जलवायु परिवर्तनबाट उत्पन्न भएको समस्या न्युनिकरण मात्रै नभएर नेपालको आर्थिक विकास र समग्र यातायात विकासमा योगदान पुग्ने बताए । सरकारले जलविद्युत क्षेत्रको दीगो विकासको लागि प्रविधिको विकास गरी विद्युतीय सामग्रीको उत्पादन र विद्युतीय सवारी साधनहरुको प्रवद्र्धनको लागि सरकारले नीतिहरु निर्माण गरिहेको मन्त्री बस्नेतले उल्लेख गरे ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेशन बनाउनको लागि निजी क्षेत्र आउनुपर्ने बताएका छन् ।
उनले विद्युतीय सवारी साधनको बिस्तार र चार्जिङ स्टेशन विस्तारको लागि निजी क्षेत्रको अग्रसरता आवश्यक रहेको उल्लेख गरे । निर्देशक घिसिङले निजी क्षेत्रलाई चार्जिङ स्टेशन बिस्तारको लागि ल्याउन ऊर्जा मन्त्रालयले नीतिगत सुधार गर्न लागेको बताए ।
उनले निजी क्षेत्र आएमा प्राधिकरणले दिनुपर्ने सेवा ट्रान्सफरमरदेखि विद्युत सप्लाईको साइटमा लगानी गरिरहेको उल्लेख गर्दै जग्गा र चार्जिङ स्टेशन लगानी गरे अरु सेविधाहरुमा प्राधिकरणले लगानी गर्ने प्रतिवद्धता जनाए ।
निर्देशक घिसिङले विद्युत प्राधिकरणले ५१ वटा स्थानको चार्जिङ स्टेशनको एक साथ उद्घाटनले देशभर विद्युतीय सवारी साधनको प्रवद्र्धनमा सहयोग पुग्ने बताए । पछिल्लो समय माईक्रो बस, ट्याक्सी र व्यक्तिगत सवारी साधनहरु गरी धेरै विद्युतीय सवारी साधनको प्रयोगमा वृद्धि भएको उनको भनाइ छ ।
घिसिङले चार्जिङ स्टेसनले गर्दा नेपालको यातायात क्षेत्रमा सस्तोमा यात्रा गर्न सकिने बताए ।
उनले चार्जिङ स्टेसनबाट चाँज गर्दा पेट्रोलिय पदार्थ भन्दा करिब १५ देखि २० गुणा सस्तो पर्ने भन्दै डिजेल पेट्रोलमा ६ हजा लाग्ने ठाउँमा ४ सय रुपैयाँले पुग्ने अवस्था रहेको बताए ।
त्यस्तै,नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका उपाध्यक्ष सरोज सिटौलाले नेपालमा नै विद्युतीय सवारी साधनहरुको प्रवद्र्धन गरी विद्युतीय पूर्वाधार तयार गर्नसके नेपालमा उत्पादन भएको जलविद्युत देशभित्रै खपत हुने बताए ।
उपाध्यक्ष सिटौलाले विद्युतीय सवारी साधनलाई सरकारले प्रोत्साहन गरी पूर्वाधार तयार गरे मुलुकमा उत्पादित विद्युतलाई विदेश निर्यात गर्न नपर्ने बताए ।
उनले विद्युतीय सवारी साधनको विकास र बिस्तारको लागि विद्युतीय चार्जिङ स्टेशनहरु देशभर ५१ वटा मात्रै नभएर ५१ हजार हुन आवश्यक रहेको उल्लेख गरे ।
सार्वजनिक विद्युतीय सवारी साधनको लागि सरकारले सम्पूर्ण विद्युतीय पूर्वाधार तयार गर्न आवश्यक रहेको दाबी गर्नुभयो । उहाँले सार्वजनिक विद्युतीय ठूला बसहरुको लागि सानो ठाउँमा चार्जिङ स्टेशनले काम नगर्ने बताए ।
कहाँ कहाँ खुल्यो स्टेशन
–धार्के धादिङ २
–मुग्लिङ चितवन १
–साझा सेवाबल्खु काठमाडौं २
–साझा सेवापुल्चोक ललितपुर १
–नेपाल विद्युत प्राधिकरण, रत्नपार्क काठमाडौं १
–नेपाल पुलिस क्लब, भृकुटीमण्डप काठमाडौं १
–पारस बसपार्क चितवन २
–खुर्कोट सिन्धुली २
– सिन्धुली बसपार्क सिन्धुली १
–इलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरी २
–हरिवन सर्लाही २
–इनरुवाबसपार्क सुनसरी १
–प्रहरी पेट्रोल पम्प, लाहान सिराहा २
–कालिका फ्युल सेन्टर, मालेपाटन, पोखरा कास्की २
–पर्यटक बसपार्क पोखरा कास्की १
–दमक बसपार्क झापा २
–बेलकानगरपालिका उदयपुर २
–बिर्तामोड बसपार्क झापा २
–सुर्खेत बसपार्क सुर्खेत २
–हेटौडा, रातमाटे मकवानपुर २
–विद्युतप्राधिकरणतालिम केन्द्र खरिपाटी भक्तपुर १
–प्रहरी पेट्रलपम्प, सामाखुसी काठमाडौं २
–बेगनास ताल, पोखरा कास्की १
–बुटवलबसपार्क रुपन्देही २
–इटहरी सुनसरी १
–विराटनगर मोरङ १
–कोहलपुर नयाँबसपार्क बाँके २
– धनगढी कैलाली २
–त्रिशूलीहावा घर नुवाकोट १
–बट्टार, त्रिशूली नुवाकोट १
–कुश्मा पर्वत १
–लमहीबसपार्क दाङ २
–लम्की कैलाली १
प्रतिक्रिया