वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भिजन लुम्बिनी उर्जा कम्पनीले माग्यो आईपिओ निष्काशनको अनुमति

अर्थलगानी
२०७९ फाल्गुन २९, सोमबार

काठमाडौँ। भिजन लुम्बिनी उर्जा कम्पनीले आईपिओ निष्काशनको अनुमति मागेको छ। कम्पनीले फागुन २१ गते आइपीओ निष्काशनको अनमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई ३८ करोड २५ लाख रकम बराबरको ३८ लाख २५ हजार बराबरको शेयर निष्काशनको लागि अनुमति माग गरेको हो । शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ । बोर्डबाट अनुमति पाएपछि कम्पनीले शेयर निष्काशन गर्ने छ ।

कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपालिका स्थित सेतीनदीमा २५ मेगावाटको सेतिनदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको अधिकांश संरचना माछापुच्छ्रे गाउँपालिकाको वडा नं.२ र यसको अलावा वडा नं. १,३,४ र पोखरा महानगर पालिकाको वडा नं. १९ को केहि भागमा रहने छ ।

यस आयोजनाको विद्युत उत्पादन गर्नुपर्ने मिति (आरसिओडी) २०८० साउन ४ गतेलाई तोकिएको छ । तोकिएको समयभन्दा २ महिना अगावै उत्पादन सुरु गर्ने योजना सहित काम गरिरहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। भिजन लुम्बिनी उर्जा कम्पनीले आईपिओ निष्काशनको अनुमति मागेको छ। कम्पनीले फागुन २१ गते आइपीओ निष्काशनको अनमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई ३८ करोड २५ लाख रकम बराबरको ३८ लाख २५ हजार बराबरको शेयर निष्काशनको लागि अनुमति माग गरेको हो । शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ । बोर्डबाट अनुमति पाएपछि कम्पनीले शेयर निष्काशन गर्ने छ । कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपालिका स्थित सेतीनदीमा २५ मेगावाटको सेतिनदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको अधिकांश संरचना माछापुच्छ्रे गाउँपालिकाको वडा नं.२ र यसको अलावा वडा नं. १,३,४ र पोखरा महानगर पालिकाको वडा नं. १९ को केहि भागमा रहने छ । यस आयोजनाको विद्युत उत्पादन गर्नुपर्ने मिति (आरसिओडी) २०८० साउन ४ गतेलाई तोकिएको छ । तोकिएको समयभन्दा २ महिना अगावै उत्पादन सुरु गर्ने योजना सहित काम गरिरहेको कम्पनीले जनाएको छ ।