वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सानिमा मिडिल तमोरको आइपीओ भर्ने आज अन्तिम दिन

अर्थलगानी
२०७९ फाल्गुन ३०, मंगलवार

काठमाडौँ । सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन हो। कम्पनीले शुक्रबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो। कम्पनीले शुक्रबारदेखि जारी पुँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १५ प्रतिशत (८९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता) सेयर बिक्रीमा ल्याएको हो।

यसमध्ये १० प्रतिशत (४ लाख ९९ हजार ८७५ कित्तां) सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि र ५ अर्थात २ लाख ४९ हजार ९३६ कित्ता सेयर सामूहिक लगानी कोषहरुको लागि बाँडफाँट गरिसकिएको थियो।

बाँकी ४२ लाख ४८ हजार ९३८ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री जारि गरेको हो।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। सी(आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ।

यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गरेको छ। यसलाई रेटिङ एजेन्सी केयर नेपालले केयर एनपी डबल बी’ रेटिङ प्रदान गरेको छ।

जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ । सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन हो। कम्पनीले शुक्रबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो। कम्पनीले शुक्रबारदेखि जारी पुँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १५ प्रतिशत (८९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता) सेयर बिक्रीमा ल्याएको हो। यसमध्ये १० प्रतिशत (४ लाख ९९ हजार ८७५ कित्तां) सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि र ५ अर्थात २ लाख ४९ हजार ९३६ कित्ता सेयर सामूहिक लगानी कोषहरुको लागि बाँडफाँट गरिसकिएको थियो। बाँकी ४२ लाख ४८ हजार ९३८ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री जारि गरेको हो। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। सी(आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ। यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गरेको छ। यसलाई रेटिङ एजेन्सी केयर नेपालले केयर एनपी डबल बी’ रेटिङ प्रदान गरेको छ। जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ।