वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कतिले पाउँछन् भगवती हाइड्रोपावरकाे आईपीओ ?

अर्थलगानी
२०८० भाद्र २८, बिहीबार

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको आईपीओले रू. १२० दशमलव ४१ देखि ३६१ दशमलव २३ सम्मको ओपन रेञ्ज पाउने देखिएको छ ।

कम्पनीको आर्थिक वर्ष २०७८/७९ को वास्तविक प्रतिशेयर नेटवर्थ रू. १२० दशमलव ४१ रहेकोले उक्त रेञ्ज पाउने देखिएको हो ।

नेपाल स्टक एक्सचेन्जले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । सोही कारण कम्पनीले उक्त मूल्य रेञ्ज पाउने देखिएको हो । कम्पनीको आईपीओ नेप्सेमा सूचीकरण प्रक्रियामा छ ।

कम्पनीको आईपीओ भदौ १८ गते बाँडफाँट भएको थियो । कम्पनीको आईपीओमा ७१ हजार २२२ आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका थिए । कम्पनीले भदौ ५ गते देखि ८ गते सम्म ७ लाख १२ हजार २२० कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गरेको थियो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको आईपीओले रू. १२० दशमलव ४१ देखि ३६१ दशमलव २३ सम्मको ओपन रेञ्ज पाउने देखिएको छ । कम्पनीको आर्थिक वर्ष २०७८/७९ को वास्तविक प्रतिशेयर नेटवर्थ रू. १२० दशमलव ४१ रहेकोले उक्त रेञ्ज पाउने देखिएको हो । नेपाल स्टक एक्सचेन्जले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । सोही कारण कम्पनीले उक्त मूल्य रेञ्ज पाउने देखिएको हो । कम्पनीको आईपीओ नेप्सेमा सूचीकरण प्रक्रियामा छ । कम्पनीको आईपीओ भदौ १८ गते बाँडफाँट भएको थियो । कम्पनीको आईपीओमा ७१ हजार २२२ आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका थिए । कम्पनीले भदौ ५ गते देखि ८ गते सम्म ७ लाख १२ हजार २२० कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गरेको थियो ।