वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अस्वभाविक खर्च गरेर विद्युतको लागत बढाएको थाहा पाए कारबाही गर्छाैः अध्यक्ष सिंह

अर्थलगानी
२०८० भाद्र २९, शुक्रबार

काठमाडौँ। विद्युन नियमन आयोगका अध्यक्ष दिल्ली बहादुर सिंहले अस्वभाविक रुपमा खर्च गरि विद्युतको मूल्य बढ्ने गरि लागत बढाएर प्रस्तुत गरेको थाहा पायमा कारबाही गर्ने बताए।
तमोर–मेवा जलविद्युत आयोजनाको विद्युत खरिदबिक्रि दर निर्धारण गर्न आयोजना गरिएको सार्वजनीक सुनुवाईमा अध्यक्ष सिंहले यस्तो बताएका हुन।

उनले आयोग उपभोक्ताको हित सुरक्षामा समेत ध्यान दिन बताउँदै भुटा विवरण तथा अनावश्यक खर्च गरि लागत बढाएर विद्युतको मुल्य बढाएमा कारबाही गरिने बताएका हुन।
विद्युत प्राधिकरणले कम मुल्यमा किन्यो भने मात्रै उपभोक्तालाई कम मुल्यमा बिक्रि गर्न सकिने हुँदा अस्वभाविक खर्चमार्फत लागत नबढाउन आग्रह गरेका हुन।

कार्यक्रममा बोल्दै उनले सय मेगावाट भन्दा बढी मेगावाटका जलविद्युत आयोजनाहरुमा सार्वजनीक सुनुवाई गर्नुपर्छ भनेर आयोगले मार्गनिर्देशन बनाएको बताए। त्यो भन्दा कम क्षमताका आयोजनाको पनि सार्वजनीक सुनुवाई हुनुपर्ने भनेर माग आएपनि त्यसले आयोजनामा ढिलासुस्ती हुने हुँदा त्यस्तो नगरिएको उनको भनाई छ।

तमोर–मेवा जलविद्युत आयोजना स्पार्क हाईड्रोइलेक्ट्रिक कम्पनीद्धारा प्रवृद्धित १२८ विद्युत उत्पादक हो। जुन ताप्तेजुङमा अवस्थित रहेको छ। कम्पनीको कुल पुजीँ १ अर्ब १० करोड, जारी पुजीँ १ अर्ब १० करोड र चुक्ता पुजीँ ३४ करोड ३३ लाख ६८ हजार रुपैयाँ रहेको छ।

सञ्चालक समिति भानेन्द्र कुमार लिम्बुको नृेतृत्वमा रहेको छ। म्यानेजीङ डाइरेक्टरमा सुदिप कुमार चौधरी, नवराज राउत, किरन कुमार श्रेष्ठ, इश्वर बहादु अधिकारी, स्मृती लिम्बु र बलदेव चौधरी सञ्चालक सदस्य रहेका छन।

आयोजनाको कुल लागत २४ अरब ३२ करोडर रहेको छ। प्रतिमेगावाट लागत १९ करोड आएको छ। सार्वजनीक सुनुवाई आज आयोगको प्रधान कार्यालय सानो गौचरण काठमाडौँमा भएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। विद्युन नियमन आयोगका अध्यक्ष दिल्ली बहादुर सिंहले अस्वभाविक रुपमा खर्च गरि विद्युतको मूल्य बढ्ने गरि लागत बढाएर प्रस्तुत गरेको थाहा पायमा कारबाही गर्ने बताए। तमोर–मेवा जलविद्युत आयोजनाको विद्युत खरिदबिक्रि दर निर्धारण गर्न आयोजना गरिएको सार्वजनीक सुनुवाईमा अध्यक्ष सिंहले यस्तो बताएका हुन। उनले आयोग उपभोक्ताको हित सुरक्षामा समेत ध्यान दिन बताउँदै भुटा विवरण तथा अनावश्यक खर्च गरि लागत बढाएर विद्युतको मुल्य बढाएमा कारबाही गरिने बताएका हुन। विद्युत प्राधिकरणले कम मुल्यमा किन्यो भने मात्रै उपभोक्तालाई कम मुल्यमा बिक्रि गर्न सकिने हुँदा अस्वभाविक खर्चमार्फत लागत नबढाउन आग्रह गरेका हुन। कार्यक्रममा बोल्दै उनले सय मेगावाट भन्दा बढी मेगावाटका जलविद्युत आयोजनाहरुमा सार्वजनीक सुनुवाई गर्नुपर्छ भनेर आयोगले मार्गनिर्देशन बनाएको बताए। त्यो भन्दा कम क्षमताका आयोजनाको पनि सार्वजनीक सुनुवाई हुनुपर्ने भनेर माग आएपनि त्यसले आयोजनामा ढिलासुस्ती हुने हुँदा त्यस्तो नगरिएको उनको भनाई छ। तमोर–मेवा जलविद्युत आयोजना स्पार्क हाईड्रोइलेक्ट्रिक कम्पनीद्धारा प्रवृद्धित १२८ विद्युत उत्पादक हो। जुन ताप्तेजुङमा अवस्थित रहेको छ। कम्पनीको कुल पुजीँ १ अर्ब १० करोड, जारी पुजीँ १ अर्ब १० करोड र चुक्ता पुजीँ ३४ करोड ३३ लाख ६८ हजार रुपैयाँ रहेको छ। सञ्चालक समिति भानेन्द्र कुमार लिम्बुको नृेतृत्वमा रहेको छ। म्यानेजीङ डाइरेक्टरमा सुदिप कुमार चौधरी, नवराज राउत, किरन कुमार श्रेष्ठ, इश्वर बहादु अधिकारी, स्मृती लिम्बु र बलदेव चौधरी सञ्चालक सदस्य रहेका छन। आयोजनाको कुल लागत २४ अरब ३२ करोडर रहेको छ। प्रतिमेगावाट लागत १९ करोड आएको छ। सार्वजनीक सुनुवाई आज आयोगको प्रधान कार्यालय सानो गौचरण काठमाडौँमा भएको हो।