काठमाडौँ। विशेषगरि कुनै पनि व्यक्तिको जीवनमाथि आईपर्ने जोखिमलाई मध्यनजर गर्दै त्यसबाट हुने आर्थिक क्षतीको दायित्व हस्तान्तरण गरि न्युनीकरण गर्ने प्रक्रिया बीमा हो।
अर्थात, कुनै व्यक्ति कहिल्यै पनि बिरामी नहुने, दुघृटना जस्ता भवितव्य नआउलान भन्ने हुन्दैन। जसले गर्दा औषधी उपचार लगायतका लागि ठुलो रकमको आवश्यकता पर्छ। सोही कुरालाई ध्यानमा राखि आर्थिक दायित्व हस्तान्तरण गर्न बिमा गरिन्छ।
साथसाथै बीमाले जोखिम बहनका साथसाथै बचत पनि गर्छ। बीमा गर्ने व्यक्ति (बिमित) ले बीमा बापत बुझाएको रकम निश्चित समयपश्चात ब्याज(बोनस) सहित र्फिता पनि हुन्छ।
तर, बीमा गर्दा मुख्यतया आफ्नो क्षमता र आवश्यकता अनुसार गर्नुपर्छ। यसो त भविष्यमा के हुन्छ थाहाँ हुँदैन तर आफुमाथि के कति र कस्ता किसिमका जोखिम छन् भनेर केही हदसम्म अनुमान लगाउन भने सकिन्छ।
त्यसका साथसाथै आफुले कति रकम कम्पनीलाई नियमित रुपमा तिर्नसक्छु भन्ने कुराको पनि यकिन हुनुपर्छ। मुख्यतया यी दुवै कुरालाई मध्येनजर गरि बीमा गरेमा बिमाबाट अधिकतम लाभ लिन सकिन्छ।
अन्यथा बीमा गरेर पनि बीमाको लाभ लिनबाट वञ्चित हुनुपर्ने अवस्था आउँन पनि सक्छ।
जीवन बीमाका आधार तथा ध्यानदिनुपर्ने कुराहरु निम्नानुसार छन,
बीमा रकमः बीमा गर्ने व्यक्तिले बीमा गर्दा निजलाई भविष्यमा आइपर्ने आर्थिक जोखिमलाई न्यूनीकरण गर्न चाहिने रकमको जीवन बीमा गर्नुपर्ने हुन्छ । त्यसैले बीमा गर्ने बेलामा सबै कुराको मूल्याङ्न गरी आफुलाई भविष्यमा चाहिने सम्भाव्य रकम बराबरको बीमा गर्नुपर्छ।
मानौँ कोही व्यक्ति अधिकतम सवारी साधनमा रहन्छ भने उसलाई पछि मृगौँला सम्बन्धी समस्या देखिन सक्ने सम्भावना रहन्छ, कोही कारखानामा काम गर्छ भने उसलाई भविष्यमा छातीसम्बन्धी रोगहरु लाग्न सक्ने सम्भावना रहन्छ। यस्ता कुरालाई मध्येनजर गरेर बीमा गर्दा सम्भावित जोखिमबाट पर्ने आर्थिक भारलाई न्युनीकरण गर्न सकिन्छ।
किस्ता रकम छनौटः कति रकमको बीमा गर्ने निजले छनोट गर्नुपर्ने हुन्छ। एकै प्रकृतिको जोखिमको लागि पनि कम तथा बढी मूल्यको बीमा गर्न सकिन्छ। तसर्थ, आफुले कुन समयमा कति तिर्न सकिन्छ भन्ने यकिन गरेर मात्रै बीमा गर्नु उचित हुन्छ। आफ्नो बचतको आधारमा बीमा रकमको यकिन गर्दा उत्तम हुन्छ। यदि हेलचेक्राई गरेर बढी रकमको बीमा गरियो तर समयमा किस्ता बुझाउन सकिएन भने बिमालेख निष्कृय हुन्छ र जोखिम बहन गर्दैन।
बीमा योजनाको चयनः बीमा गर्ने व्यक्तिले बीमा गर्दा आफुले कुन बीमा गर्दा कति सम्मको फाइदा हुन्छ भन्ने बुझेर राम्रोसँग बीमा गर्नुपर्छ।
इच्छाईएको व्यक्तिः बीमा गर्दा भविष्यमा आफुपछि कुन व्यक्तिले उक्त बीमाबाट फाइदा लिने हो सोको चयन गर्नुपर्ने हुन्छ। यस्तो व्यक्ति चय गर्दा भरपर्दाे हुनुपर्छ। पछिल्ला दिनहरुमा बीमा रकमको लागि हत्यासम्मका योजना हुने गरेका केही घटनाहरु बाहिरिएका छन। जसले गर्दा इच्छाईएको व्यक्ति परिवार भित्र र सबैभन्दा बढी विस्वासिलो हुनु आवश्यक छ। यस्तो व्यक्ति आवश्यकता अनुसार परिर्वतन गर्न पनि सकिन्छ।
अन्य ध्यानदिनुपर्ने कुराहरु,
बीमा कम्पनी तथा अर्भिकर्ताले बीमा प्राधिकरणबाट आधिकारीक रुपमा इजाजत पाएको छ वा छैन भनि प्रमाण हेर्नुपर्छ।
कुनै जोखिम सबैभन्दा बढी सम्भाव्य भएमा बीमा पश्चात् सो जोखीम सरक्षंण हुन्छ वा हुदैन भन्ने कुराको स्पष्ट जानकारी लिनुपर्छ।
बीमा गरीसकेपछि सोको जानकारी परिवार तथा इच्छाईएको व्यक्तिलाई दिनुपर्छ।
बीमा गर्नुअघि बीमालेखमा उल्लिखित सम्पूर्ण विवरण सर्त, सुविधा र अन्य प्राबधान राम्रोसँग पढ्नुपर्छ।
बीमा शूल्क भुक्तानी गरिसकेपछि अनिवार्य रुपमा नगद बुझाएको भर्पाइ लिएर सुरक्षित राख्नुपर्दछ।
नवीकरणको मिति ख्याल गरी तोकिएको समयमा नै बीमा शूल्क भुक्तानी गनुपर्छ ।
बीमा सम्बन्धि सम्पूर्ण कागजातहरु सुरक्षित साथ राख्नुपर्दछ ।
अर्थलगानी डटकमले साप्ताहिक रुपमा हरेक शनिवार बीमा सम्बन्धि जानकारी मुलक तथा शिक्षामुलक विषयवस्तु हजुर समक्ष लिएर आउनेछ। यसमा सम्बन्धित निकाय, संघसंस्था तथा व्यक्ति विशेषको सहयोगको ठुलो भूमिका हुन्छ। तसर्थ, सोही प्रयोजनका लागि अर्थलगानीकर्मिहरुलाई सहयोग गरिदिनुहुने छ भन्ने अपेक्षा व्यक्त गर्दछौँ। साथै, पाठकले आफ्ना गुनासाहरु अर्थलगानीको आधिकारीक ईमेल,ह्वाट्सएप तथा सिधै कल गरि आफ्ना अतिरिक्त प्रश्नहरु टिपाउन सक्नुहुनेछ।
प्रतिक्रिया