काठमाडौँ। मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ ।
कम्पनीले चुक्ता पुँजीको ३५ प्रतिशत अर्थात् १ः०.३५ को अनुपातमा १५ लाख ८२ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न फागुन २९ गते सेबोनमा निववेदन दिएको हो ।
कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
प्रतिक्रिया