काठमाडौँ। माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको आईपीओ आजदेखि बिक्रि खुला भएको छ। कम्पनीले सर्वसाधारणलाई आज असोज १८ गतेदेखि आईपीओ बिक्री खुला गरेको हो।
कम्पनीले सर्वसाधारणलाई १२ लाख ८४ हजार २ सय कित्ता शेयर निष्काशन गरेको हो। कम्पनीले अंकित मूल्य प्रति कित्ता १ सय रुपैयाँ मै शेयर निष्काशन गर्न लागेको छ।
यस निष्काशनमा असोज २२ गतेसम्म आवेदन दिन सकिने छ। आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
कम्पनीले यस अघि नै आयोजना प्रभावित रसुवा जिल्लाका स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि निष्काशन गरिएको शेयर बाँडफाँड गरिसकेको छ।
यो सानिमा समूह अन्तर्गतको कम्पनीको हो। कम्पनीले रसुवामा १४.३ मेगावाटको माथिल्लो मैलुङखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ। आयोजनाले २०९० साउन १५ बाट ब्यारिक उत्पादन थाल्ने लक्ष्य राखेको छ। आयोजनाको कुल लागत २ अर्ब ५० करोड अनुमान गरिएको छ। प्रति मेगावाट लागत भने १७ करोड ४८ लाख अनुमान गरिएको। हाल कम्पनीको चुक्ता पुंजी ७० करोड रहेको छ। आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुंजी १ अर्ब पुग्ने छ।
प्रतिक्रिया