काठमाडौँ। घलेम्दी हाइड्रोपावर लिमिटेडले दुई सय प्रतिशत हकप्रद निष्काशन गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले असोज १८ गते कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति दिएको हो।
कम्पनीले १ः२ अनुपात अर्थात २०० प्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति पाएको हो। कम्पनीले १ अर्ब १० करोड बराबरको १ करोड १० लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो । शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
हकप्रदबाट जम्मा भएको पुँजी सांग्रिला उर्जा लिमिटेडद्वारा प्रवद्धित संखुवासभामा रहेको ६३ मेगावाट क्षमताको छुजुङ्ग खोला जलविद्युत आयेजनामा ५१ प्रतिशत भन्दा बढी सेयर कायम हुनेगरी लगानी गर्ने कम्पनीले जनाएको छ।
प्रतिक्रिया