वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बज्राचार्य समूहले निर्वाचनपछि स्थानीय उत्पादनको ब्राण्डिङमा जोड दिने

अर्थलगानी
२०८० आश्विन १९, शुक्रबार

ललितपुर। ललितपुर उद्योग वाणिज्य संघका अध्यक्षका उम्मेद्वार विश्वराज बज्रचार्यले निर्वाचन जितेपछि स्थानीय उत्पादनको ब्राण्डिङमा जोड दिने बताएका छन्। यही असोज २० गते शनिबार हुने संघको निर्वाचनमा बज्राचार्य प्यानलसहित चुनावी दौडमा उत्रिएका छन्।

ललितपुर उद्योग वाणिज्य संघको साधारण सभा आज चलिरहेको छ । साधारणसभा सम्पन्न लगत्तै भोली शनिबार निर्वाचन हुँदैछ। निर्वाचनमा तीन वटा प्यानलले प्रतिस्पर्धा गर्दैछ। जसमध्ये बज्राचार्य नेतृत्वको समूह प्यानलसहित चुनावी दौडमा छ।

संघको चुनावी तयारी सम्पन्न भएपछि आफ्नो समूहका उम्मेद्वारसँगको छलफलमा बज्राचार्यले निर्वाचन जितेपछि ललितपुरका स्थानीय उत्पादनको ब्राण्डिङमा जोड दिने बताए। ‘हामि सबै ललितपुरका स्थानीय उत्पादनसँग कुनै न कुनै ढंगले जोडिएका छौं,’ बज्राचार्यले भने, ‘अब निर्वाचन जितेपछि आफ्नो स्थानीय उत्पादनलाई प्राथमिक्ता दिनुपर्छ।’

यसबाहेक, ललिपुरमा मेला आयोजना, उत्पादन, संस्थागत सुशासन लगायतका मूख्य एजेन्डा बज्राचार्य समूहले लिएको छ। यस्तै, साना–ठूला उद्योगी व्यवसायीको छाता संगठनकारुपमा अघि बढाउँदै केन्द्र, प्रदेश र स्थानीय सरकार तथा उद्योग वाणिज्य महासंघसम्म ललितपुरको बलियो प्रतिनिधित्व गराउने योजना समूहले अघि सारेको छ।

यस्तो छ बज्राचार्यको टिम

बज्राचार्य नेतृत्वको समूहबाट वरिष्ठ उपाध्यक्षमा विरेन्द्रलाल श्रेष्ठ, संस्थागत उपाध्यक्षमा मुकुन्द महर्जन, उद्योग उपाध्यक्षमा आपुलाल अवाले र वाणिज्य उपाध्यक्षमा रमेश भक्त मुल्मी छन् भने महासचिवमा भूमि नन्दन कमार्चाय र कोषाध्यक्षमा मिलन शाक्य छन्। उद्योग समूह सदस्यतर्फ सजना श्रेष्ठ, सुविन मान जोशी, प्रविन बज्रचार्य, प्रविण ताम्राकार, बिष्णु लाल सिकर्मी र शैशव कृष्ण श्रेष्ठ छन्।

वाणिज्य सदस्यतर्फ बिमला शाक्य, शर्मिला श्रेष्ठ जोशी, सुजन बज्राचार्य, राजेश राज बज्रचार्य, प्रविण बहादुर शाक्य, पुष्पकुमार थापा र हरिराज जोशी छन्। संस्थागत सदस्यतर्फ मिलन श्रेष्ठ र एसोसिएसन सदस्यमा रवि महर्जन उम्मेद्वार छन्।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

ललितपुर। ललितपुर उद्योग वाणिज्य संघका अध्यक्षका उम्मेद्वार विश्वराज बज्रचार्यले निर्वाचन जितेपछि स्थानीय उत्पादनको ब्राण्डिङमा जोड दिने बताएका छन्। यही असोज २० गते शनिबार हुने संघको निर्वाचनमा बज्राचार्य प्यानलसहित चुनावी दौडमा उत्रिएका छन्। ललितपुर उद्योग वाणिज्य संघको साधारण सभा आज चलिरहेको छ । साधारणसभा सम्पन्न लगत्तै भोली शनिबार निर्वाचन हुँदैछ। निर्वाचनमा तीन वटा प्यानलले प्रतिस्पर्धा गर्दैछ। जसमध्ये बज्राचार्य नेतृत्वको समूह प्यानलसहित चुनावी दौडमा छ। संघको चुनावी तयारी सम्पन्न भएपछि आफ्नो समूहका उम्मेद्वारसँगको छलफलमा बज्राचार्यले निर्वाचन जितेपछि ललितपुरका स्थानीय उत्पादनको ब्राण्डिङमा जोड दिने बताए। ‘हामि सबै ललितपुरका स्थानीय उत्पादनसँग कुनै न कुनै ढंगले जोडिएका छौं,’ बज्राचार्यले भने, ‘अब निर्वाचन जितेपछि आफ्नो स्थानीय उत्पादनलाई प्राथमिक्ता दिनुपर्छ।’ यसबाहेक, ललिपुरमा मेला आयोजना, उत्पादन, संस्थागत सुशासन लगायतका मूख्य एजेन्डा बज्राचार्य समूहले लिएको छ। यस्तै, साना–ठूला उद्योगी व्यवसायीको छाता संगठनकारुपमा अघि बढाउँदै केन्द्र, प्रदेश र स्थानीय सरकार तथा उद्योग वाणिज्य महासंघसम्म ललितपुरको बलियो प्रतिनिधित्व गराउने योजना समूहले अघि सारेको छ। यस्तो छ बज्राचार्यको टिम बज्राचार्य नेतृत्वको समूहबाट वरिष्ठ उपाध्यक्षमा विरेन्द्रलाल श्रेष्ठ, संस्थागत उपाध्यक्षमा मुकुन्द महर्जन, उद्योग उपाध्यक्षमा आपुलाल अवाले र वाणिज्य उपाध्यक्षमा रमेश भक्त मुल्मी छन् भने महासचिवमा भूमि नन्दन कमार्चाय र कोषाध्यक्षमा मिलन शाक्य छन्। उद्योग समूह सदस्यतर्फ सजना श्रेष्ठ, सुविन मान जोशी, प्रविन बज्रचार्य, प्रविण ताम्राकार, बिष्णु लाल सिकर्मी र शैशव कृष्ण श्रेष्ठ छन्। वाणिज्य सदस्यतर्फ बिमला शाक्य, शर्मिला श्रेष्ठ जोशी, सुजन बज्राचार्य, राजेश राज बज्रचार्य, प्रविण बहादुर शाक्य, पुष्पकुमार थापा र हरिराज जोशी छन्। संस्थागत सदस्यतर्फ मिलन श्रेष्ठ र एसोसिएसन सदस्यमा रवि महर्जन उम्मेद्वार छन्।