काठमाडौँ। सानिमा बैंकको लाभांशमा हकदर बन्ने आज अन्तिम दिन रहेको छ। साधारण सभा गर्नको लागि बैंकले असोज २२ गते सोमबार १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो।
लाभांश प्रस्ताव पारित गर्न सानिमाले कात्तिक २ गते साधारण सभा आव्हान गरेको छ। सभा, कुण्डलिनी दरबार ब्यांकेट, चण्डोल काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । बैंकले यसपटक सेयरधनीलाई ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५.७० प्रतिशत नगद गरी कुल १४.७० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ।
यो प्रस्ताव उक्त साधारण सभाले पारित गर्ने एजेन्डा रहेको छ। साथै, सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पेश हुनेछ।
प्रतिक्रिया