काठमाडौँ। एनएमबि क्यापिटलको व्यवस्थापनमा एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई फण्डहरुले आज र भोली प्रतिफल वितरण गर्दै छन। एनएमबि हाइब्रिड फण्ड एल १ र एनएमबि फिफ्टीले इकाईधनीहरुलाई प्रतिफल वितरण गर्न लागेका हुन्।
एनएमबि हाइब्रिड फण्ड एल १ ले आफ्नो इकाईधनीहरुलाई असोज २१ गते आइतबारदेखि प्रतिफल वितरण गर्ने लागेको हो भने एमएनबि फिफ्टीले असोज २२ गतेदेखि वितरण गर्ने लागेको हो। यी दुबै फण्डहरुले गत आर्थिक वर्षका लागि १५–१५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेका थिए।
प्रतिफल वितरण प्रयोजनार्थ यी दुबै फण्डहरुले असोज १२ गते एक दिनका लागि बुकक्लोज गरेका थिए। यस अनुसार सोभन्दा अघिल्लो कारोबार दिन अर्थात असोज ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले सो दरमा प्रतिफल प्राप्त गर्न सक्नेछन्।
प्रतिक्रिया