वि.सं. २०८२ असार १७, मंगलवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नबिल सेक्युरिटिजको सिइओमा सुरेश देवकोटा नियुक्त

अर्थलगानी
२०८० आश्विन २२, सोमबार

काठमाडौँ। नबिल बैक लिमिटेडको सहायक कम्पनी नबिल सेक्यूरिटिज लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट सुरेश देवकोटा नियुक्त भएका छन्। नबिल सेक्यूरिटिजको सञ्चालक समितिले देवकोटालाई २०८० आश्विन २१ गतेदेखि लागु हुने गरी चार वर्षको लागिकार्यकारी प्रमुखमा नियुक्त गरेको हो ।

दुई दशकलामो बैंकिङ क्षेत्रको अनुभवहासिल गरेका देवकोटा यसअघि नबिल बैंक लिमिटेडको प्रमुख लगानी अधिकृतको रूपमाकार्यरत रहेका थिए । आफ्नो बैंकिङ करियर २०६२ सालमा नेपाल बैक लिमिटेडबाट सुरु गरेका उनले १५ वर्ष लामो समय नेपालबंगलादेश बैंकमा सेवाप्रदान गरेका थिए ।

नबिल बैंकले नेपाल बंगलादेश बंैकको प्राप्तिपश्चात ्उनले प्रमुख लगानी अधिकृतको जिम्मेवारी पाएका थिए ।

व्यवसायिकरूपमा चार्टर्ड एकाउन्टेन्ट रहेका देवकोटा नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) का पूर्व पार्षद्तथा नेपाल लेखामानबोर्डका पूर्व सदस्य समेत हुन् । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका उनी नेपाल ग्रामीण विकास बंैक, आईएमई जनरल इन्स्योरेन्स लगायतका संस्थाहरूमा सञ्चालक सदस्यको रूपमा पनि कार्य गरिसकेका छन् । वित्तीयक्षेत्र र पुँजीबजारमा विशेष दक्खल राख्ने उनको नेतृत्वमा नबिल सेक्यूरिटिजले उत्कृष्ट कार्यसम्पादन गर्ने विश्वास कम्पनीको सञ्चालक समितिले लिएको छ।

देशकै अग्रणी नबिल बैकले पुँजीबजारको विकास तथा व्यावसायिकता योगदान पुर्याउने उद्देश्यले स्थापना गरेको नबिल सेक्यूरिटिज लिमिटेड नेपालधितोपत्र बोर्डबाट धितोपत्रव्यापारी (स्टक डिलर) को रूपमा अनुमति प्राप्त वित्तीय संस्थाहो ।

चुक्तापुँजी एक अर्ब बाउन्न करोड रहेको संस्थाले स्टक डिलर, मार्जिन कर्जा सेवा, पूर्णकालीनधितो पत्रदलाल सेवा, लगानी व्यवस्थापन, प्रत्याभूति सेवा, लगानी परामर्श सेवालगायतका सेवाहरू प्रदान गर्ने गरेको छ । नबिल सेक्यूरिटिजले नेपाल स्टक एक्सचेन्जबाट धितो पत्रदलाल सेवा (धितो पत्रब्रोकर नम्बर) ७७० को अनुमति प्राप्त गरी आफ्नो सेवा सुचारु गरिरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। नबिल बैक लिमिटेडको सहायक कम्पनी नबिल सेक्यूरिटिज लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट सुरेश देवकोटा नियुक्त भएका छन्। नबिल सेक्यूरिटिजको सञ्चालक समितिले देवकोटालाई २०८० आश्विन २१ गतेदेखि लागु हुने गरी चार वर्षको लागिकार्यकारी प्रमुखमा नियुक्त गरेको हो । दुई दशकलामो बैंकिङ क्षेत्रको अनुभवहासिल गरेका देवकोटा यसअघि नबिल बैंक लिमिटेडको प्रमुख लगानी अधिकृतको रूपमाकार्यरत रहेका थिए । आफ्नो बैंकिङ करियर २०६२ सालमा नेपाल बैक लिमिटेडबाट सुरु गरेका उनले १५ वर्ष लामो समय नेपालबंगलादेश बैंकमा सेवाप्रदान गरेका थिए । नबिल बैंकले नेपाल बंगलादेश बंैकको प्राप्तिपश्चात ्उनले प्रमुख लगानी अधिकृतको जिम्मेवारी पाएका थिए । व्यवसायिकरूपमा चार्टर्ड एकाउन्टेन्ट रहेका देवकोटा नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) का पूर्व पार्षद्तथा नेपाल लेखामानबोर्डका पूर्व सदस्य समेत हुन् । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका उनी नेपाल ग्रामीण विकास बंैक, आईएमई जनरल इन्स्योरेन्स लगायतका संस्थाहरूमा सञ्चालक सदस्यको रूपमा पनि कार्य गरिसकेका छन् । वित्तीयक्षेत्र र पुँजीबजारमा विशेष दक्खल राख्ने उनको नेतृत्वमा नबिल सेक्यूरिटिजले उत्कृष्ट कार्यसम्पादन गर्ने विश्वास कम्पनीको सञ्चालक समितिले लिएको छ। देशकै अग्रणी नबिल बैकले पुँजीबजारको विकास तथा व्यावसायिकता योगदान पुर्याउने उद्देश्यले स्थापना गरेको नबिल सेक्यूरिटिज लिमिटेड नेपालधितोपत्र बोर्डबाट धितोपत्रव्यापारी (स्टक डिलर) को रूपमा अनुमति प्राप्त वित्तीय संस्थाहो । चुक्तापुँजी एक अर्ब बाउन्न करोड रहेको संस्थाले स्टक डिलर, मार्जिन कर्जा सेवा, पूर्णकालीनधितो पत्रदलाल सेवा, लगानी व्यवस्थापन, प्रत्याभूति सेवा, लगानी परामर्श सेवालगायतका सेवाहरू प्रदान गर्ने गरेको छ । नबिल सेक्यूरिटिजले नेपाल स्टक एक्सचेन्जबाट धितो पत्रदलाल सेवा (धितो पत्रब्रोकर नम्बर) ७७० को अनुमति प्राप्त गरी आफ्नो सेवा सुचारु गरिरहेको छ।