वि.सं. २०८२ असार १६, सोमबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एक कम्पनीको आईपीओ भर्ने आज अन्तिम दिन, तपाई छुट्नु त भएन?

अर्थलगानी
२०८० मंसिर १३, बुधबार

काठमाडौँ। नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको आईपीओ भर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले मंसिर १० गतेदेखि निष्काशन तथा बिक्रि खुला गरेको उक्त आईपीओमा आज मंसिर १३ गतेसम्म मात्रै आवेदन दिन सकिने भएको हो।

कम्पनीले १ सय अंकित मूल्यमा ११ लाख ४१ हजार २५० कित्ता आइपीओ सर्वसाधारणमा बिक्रि गर्न लागेको हो।

यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री गरिसकेको छ। साथै, सामूहिक लगानी कोष र कर्मचारीका लागि पनि सेयर बाँडफाँट गरिसकेको छ ।

उक्त समयमा आइपीओ बिक्री नभएमा मंसिर २४ गतेसम्म बिक्री खुला रहनेछ । यस कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटल लिमिटेडले गरेको छ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट लिमिटेडले आइपीओलाई आइआरएन बीबी माइनस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको आईपीओ भर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले मंसिर १० गतेदेखि निष्काशन तथा बिक्रि खुला गरेको उक्त आईपीओमा आज मंसिर १३ गतेसम्म मात्रै आवेदन दिन सकिने भएको हो। कम्पनीले १ सय अंकित मूल्यमा ११ लाख ४१ हजार २५० कित्ता आइपीओ सर्वसाधारणमा बिक्रि गर्न लागेको हो। यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री गरिसकेको छ। साथै, सामूहिक लगानी कोष र कर्मचारीका लागि पनि सेयर बाँडफाँट गरिसकेको छ । उक्त समयमा आइपीओ बिक्री नभएमा मंसिर २४ गतेसम्म बिक्री खुला रहनेछ । यस कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटल लिमिटेडले गरेको छ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट लिमिटेडले आइपीओलाई आइआरएन बीबी माइनस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्छ ।