वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

१११ कम्पनीलाई राजस्व कार्यालयको १५ दिने अल्टिमेटम(कम्पनीको नामसहित)

अर्थलगानी
२०८० जेष्ठ ४, बिहीबार

काठमाडौँ। आन्तरिक राजस्व कार्यालय बालाजुले १११ कम्पनीलाई १५ दिन भित्र बक्यौता रकम दाखिला गर्न निर्देशन दिएको छ। कार्यालयले बिहीबार एक सूचना प्रकाशित गर्दै बालाजु औद्योगिक क्षेत्रभित्र पर्ने १११ कम्पनीलाई तिर्न बाकीँ सम्पूर्ण कर तिर्न निर्देशन दिएको हो ।

पटक पटक कर दाखिला गर्न अपिल गर्दा समेत अटेर गरी बसेको भन्दै राजस्व कार्यालय बालाजुले १५ दिने अल्टिमेटम दिएको छ।

‘कर बक्यौता रकम दाखिला गर्न विभिन्न मितिमा मैत्रीपूर्ण संकलन भ्रमण गरी अनुरोध गरिएको र तत्पश्चात् पत्राचार, फोन सम्पर्क समेत गरी जानकारी गराउँदा पनि सम्पर्कमा नआएकोले १५ दिनभित्र बालाजु शाखामा उपस्थित हुन अनरोध छ ।’ राजस्व कार्यालयले जारी गरेको सूचनामा भनिएको छ ।

कार्यालयले तोकिएको समय भित्र बक्यौता कर रकम भुक्तानी वा फछ्यौट हुन नआएमा करदाता र जिम्मेवार पदाधिकारीको चलअचल सम्पत्ति रोक्का गर्ने, करदाताको सम्पूर्ण वा केही सम्पत्ति एकै पटक वा पटकपटक गरी लिलाम बिक्री गर्ने जनाएको छ ।

आयकर ऐन, २०५८ को दफा १०४ मा कुनै व्यक्तिले कर दाखिला गर्ने मितिसम्म सो कर दाखिला नगरेमा नेपाल सरकारले व्यक्तिको सम्पत्ति माथि दाबी गर्ने, दफा १०५ मा दाबी गरेको सम्पत्ति लिलाम बिक्री गर्नेदेखि दफा १११ मा कर असुलीका लागि जिल्ला अदालतमा मुद्दा दायर गर्नेसम्मको व्यवस्था छ ।

त्यसैगरी मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २१ मा म्यादभित्र कर नबुझाएमा महानिर्देशकको पूर्वस्वीकृति लिइ कर अधिकृतले व्यवस्थाबमोजिमका कुनै वा सबै तरिका अपनाइ कर असुल गर्ने भनिएको छ । अन्तःशुल्क ऐन, २०५८ को दफा १० ज’ मा म्यादभित्र बुझाउनुपर्ने अन्तःशुल्क नबुझाएमा अन्तःशुल्क अधिकृतले विभिन्न सात उपाय अपनाएर असुल गर्नसक्ने कानुनी प्रबन्ध छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। आन्तरिक राजस्व कार्यालय बालाजुले १११ कम्पनीलाई १५ दिन भित्र बक्यौता रकम दाखिला गर्न निर्देशन दिएको छ। कार्यालयले बिहीबार एक सूचना प्रकाशित गर्दै बालाजु औद्योगिक क्षेत्रभित्र पर्ने १११ कम्पनीलाई तिर्न बाकीँ सम्पूर्ण कर तिर्न निर्देशन दिएको हो । पटक पटक कर दाखिला गर्न अपिल गर्दा समेत अटेर गरी बसेको भन्दै राजस्व कार्यालय बालाजुले १५ दिने अल्टिमेटम दिएको छ। ‘कर बक्यौता रकम दाखिला गर्न विभिन्न मितिमा मैत्रीपूर्ण संकलन भ्रमण गरी अनुरोध गरिएको र तत्पश्चात् पत्राचार, फोन सम्पर्क समेत गरी जानकारी गराउँदा पनि सम्पर्कमा नआएकोले १५ दिनभित्र बालाजु शाखामा उपस्थित हुन अनरोध छ ।’ राजस्व कार्यालयले जारी गरेको सूचनामा भनिएको छ । कार्यालयले तोकिएको समय भित्र बक्यौता कर रकम भुक्तानी वा फछ्यौट हुन नआएमा करदाता र जिम्मेवार पदाधिकारीको चलअचल सम्पत्ति रोक्का गर्ने, करदाताको सम्पूर्ण वा केही सम्पत्ति एकै पटक वा पटकपटक गरी लिलाम बिक्री गर्ने जनाएको छ । आयकर ऐन, २०५८ को दफा १०४ मा कुनै व्यक्तिले कर दाखिला गर्ने मितिसम्म सो कर दाखिला नगरेमा नेपाल सरकारले व्यक्तिको सम्पत्ति माथि दाबी गर्ने, दफा १०५ मा दाबी गरेको सम्पत्ति लिलाम बिक्री गर्नेदेखि दफा १११ मा कर असुलीका लागि जिल्ला अदालतमा मुद्दा दायर गर्नेसम्मको व्यवस्था छ । त्यसैगरी मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २१ मा म्यादभित्र कर नबुझाएमा महानिर्देशकको पूर्वस्वीकृति लिइ कर अधिकृतले व्यवस्थाबमोजिमका कुनै वा सबै तरिका अपनाइ कर असुल गर्ने भनिएको छ । अन्तःशुल्क ऐन, २०५८ को दफा १० ज’ मा म्यादभित्र बुझाउनुपर्ने अन्तःशुल्क नबुझाएमा अन्तःशुल्क अधिकृतले विभिन्न सात उपाय अपनाएर असुल गर्नसक्ने कानुनी प्रबन्ध छ ।