काठमाडौँ। नेपाल राष्ट्र बैंकका अनुसार साउन ८ गतेसम्म बैंकिङ प्रणालीको निक्षेप ६४ खर्ब ३५ अर्ब रुपैयाँमा घटेको छ, जुन अघिल्लो दिनको तुलनामा १४ अर्ब रुपैयाँले कम हो। वाणिज्य बैंकहरूको निक्षेप संकलन पनि १३ अर्ब रुपैयाँले घटेर ५७ खर्ब ३ अर्ब रुपैयाँमा पुगेको छ। यसैगरी, अन्य वित्तीय संस्थाहरूको निक्षेप १ अर्ब रुपैयाँले घटेर ७ खर्ब ३२ अर्बमा सीमित भएको छ।
साथै, बैंकिङ प्रणालीबाट कर्जा प्रवाहमा कमी देखिएको छ। साउन ८ गतेसम्म कर्जा प्रवाह ५१ खर्ब ३८ अर्ब रुपैयाँमा रहेको छ, जुन साउन ७ गतेको तुलनामा ३ अर्ब रुपैयाँले कम हो।
सीडी रेसियोमा सामान्य सुधार देखिएको छ, जुन ७८.११ प्रतिशतबाट बढेर ७८.१५ प्रतिशतमा पुगेको छ। अन्तरबैंक ब्याजदर पनि २.९७ प्रतिशतबाट बढेर ३ प्रतिशत पुगेको छ।
प्रतिक्रिया