काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशको अर्थतन्त्र सुधारतर्फ उन्मुख भएको बतएका छन्। आर्थिक पत्रकार समाज (सेजन)को २६औं सधारणसभामा बोल्दै अधिकारीले यस्तो बताएका हुन्।
हालको मुद्रास्फीति अत्यन्तै सहज रहेको र अर्थतन्त्रमा प्रचुर तरलता रहेको उल्लेख गर्दै अधिकारीले अर्थतन्त्रमा स्थिरता ल्याउने विश्वास व्यक्त गरेका छन्।उनले पछिल्लो समयमा ब्याजदर घट्नाले वित्तीय क्षेत्रलाई सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको बताए।
गभर्नर अधिकारीका अनुसार, साउन महिनामा पुजिगत खर्चमा सुधार आएको छ भने भदौ महिनामा मात्रै १२ अर्ब रुपैयाँको कर्जा प्रवाह भएको छ।
यसैबीच, पत्रकारिता क्षेत्रमा सेजनले ल्याएको नयाँ निर्देशनले पत्रकारिताको सङ्क्रमणलाई रोक्ने विश्वास गभर्नर अधिकारीले व्यक्त गरेका छन्। यसले समग्र अर्थतन्त्र र वित्तीय क्षेत्रलाई बलियो बनाउने आशा गरिएको छ।
प्रतिक्रिया