वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकलाई भ्याईनभ्याई, आज पनि ३० अर्ब प्रशोचन गर्दै

अर्थलगानी
२०८१ आश्विन ९, बुधबार

काठमाडौँ। नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीबाट आज असोज ९ गते बिहिबार ३० अर्ब रुपैयाँ प्रशोचन गर्दै छ। वित्तीय प्रणालीमा तरलता अत्याधिक भएपछि राष्ट्र बैंकले २ दिन छोडेर आज व्यवस्थापन गर्नका लागि पुनः ३० अर्ब खिच्न लागेको हो।

राष्ट्र बैंकले १४ दिनका लागि उक्त रकम खिच्न लागेको हो । निक्षेप संकलन खरिदका लागि दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आहृवान गरेको छ । घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । यसरी खरिद गरेको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकको सूचनामा उल्लेख छ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले अन्तर बैंक ब्याजदर तीन प्रतिशतभन्दा तल रहेको अवस्थामा राष्ट्र बैंकले बजारबाट पैसा झिक्नुपर्छ भने ६.५ प्रतिशतभन्दा बढी भएपछि बजारमा पैसा पठाउनुपर्छ । अहिले तीन प्रतिशतभन्दा तल झरेकाले फेरि बजारबाट पैसा झिक्न लागेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी