वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सीइडीबी हाईड्रोपावरको दुई वर्षको साधारणसभा आज, लगानीकर्तालाई ११ प्रतिशत बोनस र हकप्रद निष्काशन गर्दै

अर्थलगानी
२०८१ आश्विन २१, सोमबार

काठमाडौँ। सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले २ आर्थिक वर्षको साधारण सभा आज गर्दैछ। सभा, कालिमाटी ब्यांक्वेट कालिमाटी, काठमाडौंमा अहिले बिहान १० बजेदेखि सुरु हुन लागेको हो।

कम्पनीले लगानीकर्ताको लागि अघिल्लो २ आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीको ११ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, बोनस सेयर वितरणपश्चात ५४.५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ। सभामा अघिल्लो २ आर्थिक वर्षको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । सभा प्रयोजनको लागि कम्पनीले असोज ७ गते बुक क्लोज गरिसकेको छ । असोज ६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभाामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी