काठमाण्डौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक मौद्रिक नीति समीक्षा यही महिनाभित्र सार्वजनिक गर्ने तयारी गरिरहेको छ। आर्थिक सूचकांकको विश्लेषणका आधारमा मुद्रास्फीति नियन्त्रण र तरलता व्यवस्थापनका उपायलाई प्राथमिकता दिने योजना बनाउँदै बैंकले आफ्नो मौद्रिक नीति समीक्षामा सुधारात्मक कदमहरू समावेश गर्ने तयारी गरेको छ।
राष्ट्र बैंकका अनुसार कात्तिकमै समीक्षा प्रकाशित हुने सम्भावना उच्च छ । सेयर बजारका लगानीकर्ताहरू भने राष्ट्र बैंकले सेयरधितो कर्जामा लचिलो नीति ल्याउने अपेक्षामा छन्। विशेषगरी सेयरधितो कर्जामा व्यक्तिका लागि राखिएको सीमामा परिमार्जन हुने र जोखिम भार घट्ने आशा लगानीकर्ताले राखेका छन्।
हाल बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको र ऋण प्रवाहमा अपेक्षाकृत वृद्धि हुन नसकेको अवस्थामा लचक नीतिको माग बढ्दै गएको छ। निक्षेप ब्याजदर निरन्तर घटिरहेको र अमेरिकी डलरको मूल्य उच्च बनेको अवस्थालाई मध्यनजर गर्दै समीक्षामा अर्थतन्त्रमा सकारात्मक सन्तुलन ल्याउने निर्णयहरू अपेक्षा गरिएको छ।
लेखकको बारेमा

प्रतिक्रिया