वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्से सीईओ नियुक्ति अन्योलमा, मन्त्रीपरिषद्को निर्णयमा उल्लेख नै भएन

अर्थलगानी
२०८१ चैत्र १३, बुधबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) को नियुक्ति प्रक्रिया अन्योलमा परेको छ। सोमबार बसेको मन्त्रीपरिषद्को बैठकबाट नारद लुइँटेललाई नेप्सेको सीईओ नियुक्त गरिएको दाबी गरिए पनि मन्त्रिपरिषद्का आधिकारिक निर्णयसूचीमा यो विषय उल्लेख नभएपछि नियुक्ति प्रक्रियामाथि थप प्रश्न उठेको छ।

एक मन्त्रीले लुइँटेललाई नियुक्त गरिएको बताएका थिए, तर दुई दिन बित्दा पनि उनले औपचारिक नियुक्ति पत्र पाएका छैनन्। यही अन्योलका कारण नेप्सेको गाडी उनलाई लिन अर्थमन्त्रालय पुगेको थियो, तर नियुक्तिपत्र नआएकाले गाडी रित्तै फर्किएको नेप्सेका प्रवक्ता मूराहरी पराजुलीले जानकारी दिए।

यसैबीच, अर्थमन्त्रालयका प्रवक्ता श्याम प्रसाद भण्डारीले पनि सीईओ नियुक्तिको विषयमा स्पष्टता नभएको बताएका छन्। “बाहिर अन्योलता जस्तै हामीसमेत अन्योलमै छौं। केही दिनमा स्थिति स्पष्ट होला,” उनले भने।

अर्थमन्त्रीका प्रेस सल्लाहकार भुवन केसीले पनि यस विषयमा अनविज्ञता प्रकट गरेका छन्। मन्त्रीपरिषद् स्तरबाटै स्पष्ट निर्णय नभएसम्म नेप्सेको सीईओ नियुक्ति अन्योलमै रहने देखिन्छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी