काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एक दशकमा नेपालबाट ३० खर्बबराबरको सूचना प्रविधि निर्यात सम्भव रहेको बताएकि छन् । उनले आइटी दशकको लक्ष्यमा पुग्न स्पष्ट खाका कोरिने बताउदै बजेटले लिएको नीति कार्यान्वयनका लागि स्वदेशमा बनेका सफ्टवेयरलाई स्वदेशमै खपत गराउन सरकार लागिपरेको बताईन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको सूचना प्रविधि दशक र अबको कार्यदिशा विषयक कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।
सूचना प्रविधिमार्फत अर्थतन्त्रको विकास र रोजगारी सिर्जनाका निम्ति सरकारले अगाडि बढाएका कार्यक्रम प्रभावकारी तुल्याउन र प्रविधिको प्रयोगमार्फत आर्थिक, सामाजिक रूपान्तरण गर्न सकिने उनले बताइन् । मन्त्री शर्माले ०७६ मा सुरु भएको डिजिटल नेपाल फ्रेमवर्कको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताइन् ।
प्रतिक्रिया